सुनिल चौधरी
रामधुनी(झुम्का) फाल्गुन १३ । रामधुनी नगरलाई बालमैत्रि नगर निर्माणकालागी स्थानिय शासन रणनीती योजना अनुसार प्रत्येक वडामा नगरपालीकाले अभिमुखिकरण सञ्चालन गरिरहेका छन् । रामधुनी नगरपालीकाको प्रथम नगर सभाबाट बालमैत्रि नगर घोषणाकालागी सो रणनीति योजना २०७४ अनुमोद गरे अनुसार प्रत्येक वडामा अभिमुखि पश्चात समिति गठनगरी चरणबद्धरुपमा घोषणा गर्दै लाने योजना शाखा प्रमुख हर्षलाल चौधरीले जानकारी दिएका छन् ।
नगरकै पहिलो वडा नं. २ लाई बालमैत्रि घोषणा गर्ने योजना अनुसार आईतवार अभिमुखिकरण गर्दै ‘बालमैत्री स्थानिय शासन वडा समन्वय समिति’ र ‘वाल संरक्षण वडा समिति’ गठन गरेका छन् । वडा अध्यक्ष रामनारायण चौधरीको अध्यक्षतामा १३ सदस्य समितिको ‘बालमैत्री स्थानिय शासन वडा समन्वय समिति’ गठन भएको छ । सो सदस्यबाट एक जना संयोजक र सचिव रहनेगरी ‘वाल संरक्षण वडा समिति’ गठन हुने नगरपालीकाबाट जानकारी दिएका छन् । बालबालिकाको अधिकार संरक्षण गर्दै बालमैत्रि नगर बनाउन वल्र्डभिजन ईन्टरनेशनल,युथ क्रिएशन सुनसरीको साझेदारीमा नौ ओटै वडामा अभिमुखि करण सहित समिति बनाई रहेका छन् । वडा नं. २ मा भएको अभिमुखिकरणमा सरोकारवाला संस्था,बिध्यालयहरुको प्रतिनिधि सहभागी रहेका थिए । ‘बालमैत्री स्थानिय शासन सम्बन्धि संरचनाहरुको बारेमा युथक्रिएशनाका राजु शाह,नगरपालीकाबाट योजना प्रमुख हर्षलाल चौधरीले सहजीकरण गरीरहेका छन् ।

      

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen