सुनिल चौधरी
झुम्का फाल्गुन १२ । दिन प्रतिदिन गाडिको चाप बढे संगै राजमार्गमा पैदल यात्रुलाई दुर्घटनाको जोखिम हुन थालेपछि झुम्का स्थित बजार क्षेत्रमा जेब्रा क्रसिङ बनाउन थालेका छन् । दुर्घटनाको जोखिम न्युनिकरणकालागी राजमार्गमा सुरक्षित बाटो काट्न बजार क्षेत्र तथा ओहोर दाहोर बढी हुने स्थानमा जेब्रा क्रसिङ बनाएको युथ क्रिएशन सुनसरीका भासि, पकली हेर्ने स्काई कोच जगत कामतले बताएका छन् ।
युवा बिकासकालागी युथ क्रिएशनबाट गठन भएका रामधुनी वडा नं. १ मा द राईजिङ्ग स्काई क्लवको अयोजनामा लायन्स क्लव अफ रामधुनी,लियो क्लव रामधुनी, वडा नं. १ वडा कार्यलय र ईलाका प्रहरी पकलीको समन्बयमा बनाएको क्लव लिडर सनम चौधरीले जानकारी दिईन्् । जेब्रा क्रसिङ कान्छि चौक बजार,ईलाका प्रहरी पकलीको अगाडी,झुम्का बजार,शिव चौकमा बढी यात्रुहरुको भिड हुने स्थानमा बनाएका छन् ।
‘जेब्रा क्रसिङ पैदल यात्रुका लागि बाटो काट्न तोकिएको ठाउँ हो । तर त्यहीँबाट बाटो काट्दा असुरक्षित हुनुपर्ने अवस्था छ’, भन्दै जेब्रा क्रसिङ स्थानमा सवारीचालकले कम गतिमा सवारी चलाउनु पर्ने सुझाव लायन्स क्लव अफ रामधुनीका अध्यक्ष हर्षलाल चौधरीले दिएका छन् । ट्राफिक प्रहरीले जथाभावी बाटो काट्ने पैदल यात्रुलाई भने कारवाही गर्ने गर्छ । नियमपूर्वक बाटो काट्नेलाई सुरक्षित पार्नुपर्ने पैदलयात्रुहरुको भनाइ छ ।