सुनिल चौधरी
झुम्का,फाल्गुन ११ । सामुदायीक बिध्यालयमा शैक्षिक स्तरोन्तीकालागी सुक्रवार ईटहरी १५ एकम्बा स्थित सम्भुनाथ माबिमा अन्तकृया भएको छ । वल्र्डभिजन र युथक्रिएशन सुनसरी द्धारा सञ्चालित युवा बिकास परियोजना अन्तर्गतका स्काई मोडलमा आधारीत गठन भएका सनराईज स्काई क्लवको आयोजनामा अभिभावक,बिध्यार्थि,सामाजिक अगुवा,शिक्षक र सरोकारवालाहरुको उपस्थितीमा शैक्षिक गुणस्तर सुधारकालागी अन्तकृया भएको हो ।
ईटहरी नगरपालिकाका शिक्षा शाखाका उप सचिव भुपेन्द्र कोईरालाको प्रमुख अतिथ्यता भएको सो अन्तकृयमा बिध्यालयमा शैक्षिक गुणस्तरकालागी सबै पक्षको समन्बय हुनु आवश्यक रहेको सहभागी अभिभावकहरुले बताएका छन् । अन्तकृयामा सहभागी अभिभावक जितेन्द्र चौधरीका अनुसार स्थानिय सरकारले बजेट निर्धारण गर्नु पर्ने बताएका छन् । बिध्यालय भवन मर्मत सम्भार शैक्षिक तथा खेलकुदका सामाग्री जस्ता अतिरिक्त कृयाकलाप कमहुने गरेका कारण पनि र यसकालागी छुट्टै सम्बन्धित शिक्षकको आवश्यता रहेकाले उचित बजेट छुटयाउनु पर्ने सामाजिक अगुवा कन्तलाल चौधरीले बताए । शिक्षा ऐन परिवर्तनगरी नयाँ सिराबाट जानुपर्ने समेत सहभागीहरुले बताएका छन् ।
बिध्यालय ब्यवस्थापन समितिको अध्यक्ष सुखिलाल चौधरीको सभापत्विमा भएको सो अन्तकृयामा प्रध्यानाध्यापक शिवनारायण चौधरीले अभिभावक,ब्यवस्थापन समिति शिक्षक,जनप्रतिनिधिको समन्बयको खाचो रहेको बताए । वडा सदस्य अशोक कुमार चौधरी लगायत स्थानिय समुदायहरुको पनि अन्तकृयामा सहभागी भएको कल्व लिडर रमिता चौधरीले बताईन् ।
त्यसैगरी युवाहरु लागुपदार्थ दुब्र्यसनिको लतमा फस्न नदिनकालागी बिहिवार ईटहरी १६ का क्रिएटिभ स्काईक्लवले समुदायका युवाहरुलाई केन्द्रितगरी अभिमुखिकरण गरेको एकम्बा र पकली हेर्ने स्काई कोच आरती चौधरीले जानकारी दिईन् । सम्भुनाथ माबिमै ६० जना युवाहरुलाई सहभागी गराई दिनेश श्रेष्ठले सहजीकरण गर्दै लागुपदार्थ दुब्र्यसनिको लतबाट बच्ने पुर्व सावधानिका उपायहरु बताएका थिए । युवाहरुलाई सामाजिक रुपमा ब्यवहारिक बनाउन सुरज थापा र रेनुका चौधरी क्लवको लिडरको रुपमा समन्ब्य भुमिका गरीरहेका छन् ।