सुनिल चौधरी

रामधुनी(झुम्का) फाल्गुन १० । साना बालबालिका बिध्यार्थिहरुलाई खेलकुदमा सहभागी गराई हौसला प्रदानहेतु पुरस्कार बितरण गरेको भन्दै लर्ड बुद्ध ईन्टरनेशनल बिध्यालयको उदाहरणीय गुण भएको रामधुनी नगरपालीकाका शैक्षिक बिभागका प्रमुख देवेन्द्र मल्लले बताउनु भएको छ । बिध्यालयले सञ्चालन गरेको खेलकुद सप्ताहमा सहभागी उत्कृष्ट बिध्यार्थिहरुलाई पुरस्कार बितरण कार्यक्रममा प्रमुख अतिथीमा आउनु भएका मल्लले बिध्यार्थिको चौतर्फि बिकासकालागी समय– समयमा बिभिन्न अतिरिक्त कृयाकला गर्दै आएकामा उदाहरणीय गुण भएको बताउनु भएको हो । बिध्यालय रामधुनी वडा नं. ५ स्थित झुम्काको शान्तिटोल स्थित रहेको छ ।


बिभिन्न बिधामा खेलकुदगरी बिध्यालयले बिहिवार सास्कृतिक कार्यक्रम एवं पुरस्कार बितरण कार्यक्रम अयोजनागरी नर्सरी देखि कक्षा १० सम्मका उत्कृष्ट बिध्यार्थिहरुलाई मेडल प्रदान गरीएको छ । सास्कृतिक कार्यक्रममा सांगाीतक नृत्य,गीत गायन,रयाम्स,कबिता वाचन गर्दै आफना प्रतिभाहरु प्रस्तुत गरेका छन् । साना नानीहरुले निकैनै आकर्षक नृत्य प्रस्तुत गरे । शुसान्त चौधरीले मुखैले संगीतका धुनहरु निकालेर उपस्थित अतिथी र अभिभावकहरुलाई चकित बनाएका थिए । मुखले संगीतको आवाज निकालदै रेशम फिरीरी बोलको गीत संगीत सगै गाएर देखाएका छन् । गीत र म्युजिक संगै एउटै मुखले अवाज दिनु असम्भव रहेतापनि आफनो जोडदार प्रतिभा चौधरीले प्रस्तुत गरेका छन् । बिध्यार्थिहरुले मार्चपास समेत गरेका थिए ।


कार्यक्रममा रामधुनी शिक्षा बिभाग प्रमुख मल्ल,बिध्यालय संचालक समितिका अध्यक्ष कृष्ण न्यौपाने,सिटिएफ नेपालका बिनोद कार्की,जिल्ला शिक्षा कार्यलय सुनसरीका प्रतिनिधि तथा रामधुनी स्रोत केन्द्रका स्रोत ब्यक्ति जनक बस्नेत,पत्रकार सुनिल चौधरीले पुरस्कार बितरण गर्नु भएको थियो । कार्यक्रमबाटै एसिसिमा सहभागी शिक्षकहरुले बिध्यालयलाई दोस्रो स्थान ल्याएर गौरब बढाएको अवसरमा सो बिध्यालयका शिक्षकहरुलाई सम्मान समेत गरेको प्रिन्सिपल हरी राय माझिले जानकारी दिएको छ । बिध्यालयका शिक्षक चन्दा निरौलाको सभापतित्वमा भएको सो कार्यक्रममा अभिभावक,बिध्यार्थिको उपस्थिती रहेको थियो । सो बिध्यालयमा अध्यनरत बिध्यार्थिहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै प्रोत्साहन,उत्साह र चौतर्फि बिकासकालागी बिबिध कार्यक्रमहरु गर्दै आएकोमा बिध्यालयलाई उपस्थित अभिभावकहरुले प्रसंसा गरेका छन् ।

     

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen