सुनिल चौधरी
रामधुनी(झुम्का) फाल्गुन १० । झुम्का उद्योग बाणिज्य संघको तिन बर्ष कार्यकालकालागी बिभिन्न पदमा नयाँ कार्यसमिति चयनकालागी निर्वाचन कार्यक्रम सार्वजानिक गरेको छ । फालगुन ९ गतेबाट मतदाता नामावली प्रकासन गर्दै मतदान कार्यक्रम फाल्गुन २० गते हुनेगरी निर्वाचन समितिका संयोजक इश्वर धिमिरेको हस्ताक्षरित सुचनामा उल्लेख गरीएको छ ।
बाणिज्य संघका सातौ साधारण सभाबाट अध्यक्षको प्रतिवेदन र ५ बर्षको आयब्यय एकैपटक प्रस्तुतगरी बन्द सत्रबाट अनुमोदन गरेका थिए । बाणिज्य संघमा नबिकरण दस्तुर,एम्बुलेन्स र झुम्केश्वर मन्दिरको सटर भाडाबाट आम्दानी देखाईएको थियो भने अहिले नबिकरणबाट मात्र आम्दानी रहेको समेत प्रतिवेदनमा उल्लेख रहेको छ । एम्बुलेन्स नितिगत समस्या र सिचाईले नहरको जग्गामा अतिक्रमित टहरा हटाउने क्रममा डोजर लगाई भाडाका सटरहरु भत्तकाउदा आम्दानी हुन छाडेका थिए । आय ब्यय र प्रतिवेदन अनुमोदन पश्चात लगतै बर्तमान कार्यसमितिले सर्वसहमत वा निर्वाचन प्रकृयाबाट कार्य समिति चयनकालागी बिधान अनुसार निर्वाचन समिति गठनगरी जिम्मेवारी दिएको थियो ।
सोहि अनुसार बाणिज्य संघको बिधान २०६१ प्रिच्छेद छ निर्वाचन सम्बन्धि ब्यवस्था १८ परिच्छेद ४ को क.ख.ग. अनुसार कार्य समितिको कार्यक्रम ३ बर्षकालागी बिभिन्न पदमा निवर्पाचन गराउन सुचना निकालिएको हो । समिति ३ बर्षकालागी अध्यक्ष १,प्रथम उपाध्यक्ष १,द्धितिय उपाध्यक्ष १,महासचिव १,बाणिज्य सचिव १,उधोग सचिव १,प्रचार सचिव १,कोषध्यक्ष १, सदस्य ६ गरी जम्मा १५ जनाको कार्यसमिति चयनकालागी निर्वाचन कार्यक्रम सार्वजनानिक गरेको जनाएको छ ।
निर्वाचन कार्यक्रमको सुचना अनुसार उमेदवारको मनोनयन दर्ता फालगुन १५ गते बिहान ११ः०० बजेबाट दिउसो ०१ः०० बजे सम्म रहने जनाएको छ । उमेदवारको अन्तिम नामावलि प्रकाशन भने १६ गते रहने सुचनामा उल्लेख रहेको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen