सुनिल चौधरी
रामधुनी (बक्लौरी)फाल्गुन ९ । रामधुनी नगरपालिका ६ साबिक बक्लौरी ३ स्थित रहेको आदर्श माध्यमिक बिध्यालयको ५४ बार्षिकोत्सव यहि फाल्गुन १५ गते मंगलवारका दिन हुने जानकारी दिएको छ । प्रदेश नं. १ का प्रमुख सचिव तथा यस बिध्यालयका पुर्व बिध्यार्थि यादवराज कोईरालाको प्रमुख आतिथ्यतामा हुने बिध्यालयका प्रध्यानाध्यापक सारदा कार्कीले जानकारी दिनु भएको छ ।
बार्षिकोत्सवमा बिबिध कार्यक्रम सहित सम्पन्न हुने भएकोहुदा उक्तकार्यक्रममा सम्पुर्ण अभिभावक, शिक्षक,शिक्षा प्रेमी,बुद्धिजिवि,पत्रकार एवं पुर्व बिध्यार्थिहरुमा उपस्थितीकालागी निमन्त्रणा गरिएको छ । कार्यक्रममा बार्षिक प्रतिवेदन,आय ब्यय प्रस्तुत लगायत पुस १६ गते देखि २२ गते सम्म सञ्चालन भएको खेल सप्ताब्यपी र अरिक्तकृयाकलापमा सहभागी उत्कृष्ट बिध्यार्थिलाई पुरस्कार बितरण हुने बिध्यालयका शिक्षक तथा प्रचार प्रसार संयोजक बिजय चौधरीले रेडियो रामधुनीलाई बताएको छ । कार्यक्रमका दिन बार्षिकोत्सवमा बिध्यार्थिहरुको नृत्य,कला प्रस्तुती संगै लघुनाटक,शिक्षा सम्बन्धि जनचेतना दिने लगायतका बिबिध कार्यक्रम हुने शिक्षक चौधरीले बताएका हुन् । श्री आदर्श माध्यमिक बिध्यालयको प्राङ्गनमा आउदो मंगलवार बिहान १०ः३० बजे देखि कार्यक्रम सुरु हुने बिध्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen