सुनिल चौधरी
रामधुनी(झुम्का) फाल्गुन ५ । धार्मिक आस्था राख्नेहरुको भनाई अनुसार कुनै कारण तथा उद्धेश्य रहने भएकाले घटना घट्ने हुन्छ, यै घटना घटेको छ महाशिव रात्रिको दिन नाग देवताको प्रकट हुनु । रामायण पुराण,शिवमहिमा,महाभारतमा घटना घटेको हुन्छ तर त्याहा कुनै न कुनै उधेश्य पुरा गर्नकालागी त्यो घटना घटेकाले नागदेवता प्रकट हुनु पनि त्याहाका स्थानिय तथा दर्शन गर्न भक्तजनहरुको भनाई रहेको छ । महाशिव रात्रिका दिन सबैलाई दर्शन दिनु शुभकार्य भएसंगै रक्षार्थकालागी नाग देवता प्रकट भएको धार्मिक मान्ने पन्डितहरुको ठम्याईरहेको छ ।


देवताहरुको पनि देवता देवादि देव शिव संकरको शसिरमा गहनाको रुपमा वास भएका गोमन सर्प (नाग देवता ) महाँ शिवरात्रिकादिन घटना घटेर देवता प्रकटको रुपमा मान्दै चमत्कारी भएको स्वयम दर्शन गर्न आउने भक्तजनहरुको भनाईरहेको छ । घरपरिवारमा कुनै अनिष्ट नहोस,छायाँ नपरोस, अदृश्य शक्तिबाट बालबच्चालाई हानिनोक्सानि नहोस भन्दै कामना सहित नाग देवतालाई दर्शन गर्न आउनेहरुको संख्या बिढ रहेको छ । माघ १ गते शिव रात्रिका दिन देखि ५ दिन भई सक्यो आज सम्म सो स्थान छोडेर गएका छैनन् । पवन तथा हावाको रुपमा समेत मानेका सर्पलाई कहि कतै जानुपर्ने तर घटित घटनाबाट सो स्थानमा रहिरहेकाले बिशेष धार्मिक आस्थाले समेत हेर्ने गरेको छ ।


झुम्का बजार एक किलोमिटर पुर्व नहरबाटो हुदै रामधुनी वडा नं. १ भादगाउँ नयाटोलमा प्रकट नागदेवताको स्थानमा मन्दिर बनाउनकालागी सह स्वईच्छा सहयोगहरुपनि जुटिरहेको छ । सो स्थानमा नागेशवर शिव मन्दिर शक्ति पिठको स्थापना हुनुपर्ने दर्शन गर्न आउनेहरुको सुझाव समेत आईरहेको छ । सुझाव अनुसारनै स्थानिय भिखन चौधरीको अध्यक्षतामा समिति निर्माण गरीएको छ ।
नव ज्योती टोल अन्तर्गत रहेको हुदा टोल बिकास संस्था गठनगरी मन्दिर निर्माण समितिको तयारीमा रहेको छ । मन्दिर निर्माणकालागी ईटा,बालुवा,गिटी,रड लगायतका निर्माण सामाग्रीहरु जुटिरहेको अध्यक्ष चौधरीले जानकारी दिएको छ । प्रकट नागदेवता भनिने गोमन सर्प न्याउरीमुसा संग जुधेर घाईते भई कहि कतै जान नसकेर एकै स्थानमा बसिरहेको भनाईहरु पनि आईरहेका छन्. । “माने तो भगवान, नमाने तो पत्तथर” भनाई भने जस्तै दर्शन गर्न आउनेहरुले फुल अक्षता,भेटि चढाउदै कामना गरिरहेका छन् ।

  

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen