सुनिल चौधरी
रामधुनी(झुम्का)फाल्गुन २ । रामधुनी नगरपालिकामा स्थानीय तहबाट निर्वा्चित जनप्रतिनिधिलाई स्थानिय सरकार सञ्चालन बिकास सम्बन्धि जानकारी दिने उधेश्यले बुधवारबाट तालिम सुरु भएको छ । नेपाल सरकार तथा बेलायत सरकारको सहयोगमा संचालित सामुदायिक बिकास कार्यक्रम र रामधुनी नगरपालिकाको आयोजनामा विश्व खाध्य कार्यक्रमको सहयोगमा जनप्रतिनिधिको क्षमता बिकास गर्ने उदेश्यले स्थानीय सरकार सञ्चालन सम्बन्धि ३ दिवसिय अभिमुखिकरण तथा क्षमता विकास तालिम सञ्चालन सुरु भएको हो ।


तालिममा राज्य संरचना,संघियता र स्थानिय शासन प्रणाली,स्थानिय तहको अधिकार,साँझाअधिकार,योजना तर्जुमा लगायतका नियम कानुन सम्बन्धि जानकारी गराउने तालिमका सहजकर्ता बसन्त राज गौतमले बताएका छन् । नगर तथा वडामा ऐन नियम र निर्दैशिका अनुसार कामगर्नु पर्ने भएकाले यस तालिमबाट स्थानिय तहको बारेमा जानकारी प्राप्तगरी योजना सञ्चलनमा सहजता मिल्लने तालिममा सहभागी वडा नं. ५ का वडा अध्यक्ष डेगराज फुयालले बताए । पुराना नियम कानुन परिवर्तन भएकाले नयाँ नियम अनुसार वडा कार्यलय सञ्चालन गर्नु पर्ने अवस्थामा तालिमबाट सिकाई उपलब्धि हुने वडा नं. ९ का वडा अध्यक्ष घनश्याम चौधरीले बताएका छन् ।
दुईदशक देखि जनप्रतिनिधि विहिन सञ्चालन भइरहेको अवस्थामा ,हाल नया नियम कानुनको अभ्यास शुरु भएकाले जनप्रतिनिधिले बुझेर कार्यसम्पादन गर्न जरुरी रहेकाले यो तालिम सञ्चालन गरेको सामाजिक शाखा प्रमुख हर्षलाल चौधरीले बताएका छन् । अभिमुखिकरण तालिममा नगर प्रमुख , उपप्रमुख ,वडा अध्यक्ष तथा सदस्यहरु , कार्यालयका विभागका सदस्य सहभागी रहेका छन् । तालिम रामधुनी लगुना चौक स्थित बृक्ष पार्टी प्यालेसमा भईरहेको छ

  

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen