सुनिल चौधरी
रामधुनी(झुम्का)फाल्गुन । पुर्व पश्चिम राजमार्ग अन्तर्ग रामधुनी वडा नं. १ झुम्का बजारमा बुधवार सवारी दुर्घटनाहुदा दुईजना घाईत भएका छन् । पुर्वबाट पश्चिम गइरहेका को १ ह ९८६४ नम्बरको अटो टेम्पु सोहि दिशाबाट तिब्रगतीमा आएका को २७ प ४५२ नम्बरको मोटर साइकल अटो पछाडी ठोकीदा दुर्घटना भएको होे ।
दुर्घटनाहुदा मोटरसाईकल चालक सुजन खडका र पछाडी सवार बिजय पोख्रेल घाईते भएका छन् । ईटहरी १ निवासी उनीहरु सामान्य घाईते भएको ईलाका प्रहरी पकलीले जानकारी दिएको छ । अटो चालक बक्लौरीका नर्बु सेर्पालाई सामान्य चोटपटक मात्र लागेको प्रहरीले जानकारी दिएका छन् । दुर्घटना किरण चलचित्र मन्दिर सिनेमाहल अगाडी भएको स्थानियहरुले बताएका छन् ।