सुनिल चौधरी
रामधुनी(झुम्का)फाल्गुन १ । महाशिवरात्रिका दिन रामधुनीको नयाँटोल भादगाउँमा ‘नाग देवता’ प्रकटहुदा पुजा गर्ने र दर्शन गर्ने भक्तजनको आज मंगलवार राती सम्म भिड लागेको छ । शिव भगवानको शरिरमा नाग सर्पको वास मानिएकाले आज बिशेष महाशिवरात्रिका दिन भक्तिभावका साथ स्थानिय र आसपास गाउँका भक्तजनहरु पुजापाठ दर्शन गर्न त्याहा रातीे सम्म पनि दर्शन गर्न आईरहेका छन् । बिहान देखि सो स्थानमा प्रकट रहेको नागदेवता राती सम्मपनि हिड्डुल नगरी एकैठाउँमा रहिरेको स्थानियहरुले बताएको छ । भक्तजनहरुले राति सम्म दर्शन गरेको स्थानिय गाउँलेहरुले बताएका छन् । टाढाबाट ट्रयाक्टर रिजाब गरेर आएकाहरु राती जाग्राम समेत गर्ने बताएका छन् ।
रामधुनीको झुम्का बजार एक किलोमिटर पुर्व नयाँटोल भादगाउँ टोल पुर्व हकराहा खोला नजिकै खनार जाने नहरको बाटो छेउ कुलो बाहिर सर्प स्थिर अवस्थामा रहेको छ । कसैले पुजा गर्नजादा सर्पले हेर्ने कसैलाई हानिनोक्सानी नगर्ने भएकाले भक्तजनहरु नजिकै गएर पुजा गर्न थालिएको छ । यै बिशेषताले नागदेवता भनेर हेर्नेको भिड लागेका छन् । पुजा गर्नेहरुले अबिर चन्दनको टिका समेत लगाई दिएका छन् । सो नाग देवता भनिने गौमन सर्पले चिनिने सर्पको टाउकोमा खरम अंकित छाप रहेकाले कृष्ण भगवानले नागमाथि नृत्यगर्दा छाप बस्न गएको त्याहा हेर्ने स्थानियहरुले बताएका छन् ।
हिन्दु धर्ममा नागलाई ८ प्रकारको मानिएको छ । समुन्द्र मथनमा बासुकी नाग,शिव संकरको शरिरमा नागदेवता,भगवान बिष्णुको शैययामा शेष नाग यसरीनै नागको अनेक रुपले चिनिने पुराणमा उल्लेख भएका छन् । शिवरात्रिकादिन जो कोहिले प्रकट भएको नाग देवतालाई दर्शन गरेमा मानोकामना पुराहुने,संकटदुरहुने धार्मिक बिश्वास समेत रहेकाले त्याहा हेर्नेहरुले गौमन सर्पहेर्दा पुण्य प्राप्त भएको समेत कुराहरु सुन्नेमा आएको छ । महाशिवरात्रिकै दिन गौमन सर्पलाई हेरेकाले बिशेष धार्मिक आस्थाले हेरिएको तर अरु दिन हेर्दा यै सर्पलाई मार्न खोज्ने भनाई भन्नेहरुको पनि त्याहा भिडलागेकाहरुबाट कुरा आईरहेका छन् ।