सुनिल चौधरी
ईनरुवा(चाँदवेला),माघ २७ । क्यान्सर जस्तो घातक रोगको बिरुद्ध सचेतना जगाउने उधेश्यले ईनरुवा ७ चाँदवेलामा सनिवार रोयल स्काई क्लवको आयोजनामा र्याली सम्पन्न गरेको छ । खानपानमा ध्यान नदिदा क्यान्सर रोगको जोखीम बढि रहेकाले यसबाट बच्नकालागी वल्र्डभिजन र युथक्रिएशन सुनसरी द्धारा सञ्चालित युवा बिकास परियोजना अन्तर्गतका सकाई मोडलमा आधारीत सामुदायीक सेवा सिकाइको रुपमा रहेका क्लवले क्यान्सर बिरुद्धको सचेतना रयाली सम्पन्न गरेका हुन् ।
चाँदवेलाको नेराहरी माबिबाट निकालिएको र्याली गाउँका बिभिन्न टोलमा सचेतना समबन्धि प्लेकार्ड र नारा लगाई परिक्रमागरीएको क्लवका रबिता चौधरीले बताएकी छन् । ‘क्यान्सर रोग बिरुद्ध लड्न स्वस्थ्य जीवनशैली अपनाऔ ’, ‘सुरु मै पहिचान गर्न सके क्यान्सर उपचार सम्भव हुन सक्छ’, ‘क्यान्सर घटाउन सक्दो साईकल प्रयोग गरौ’, ‘चाउमिन,मःमः तयारी खाजा सक्दो त्यागौ’, नरा प्लेकार्डमा लेखेर स्थानियलाई सचेतना जगाउने कार्य गरेका छन् । कल्वले सरसफाई,दुब्र्यसनि,लागुपदार्थबाट बच्ने उपायहरुको बारेमा सडठक नाटक,सामाजिक सदभाव कार्यक्रम गर्दै आएको सदस्य समिर सिंहले बताएका छन् । र्याली कल्वका सदस्य,बिध्यार्थि,स्थानिय लगायतका सहभागीतामा सफल्य कृषि सहकारी संस्थाको सहकार्यमा सचेतना र्यालीगरीएको क्लवका सदस्य मनिता चौधरीले जानकारी दिएकी छन् ।