सुनिल चौधरी
झुम्का,माघ २६ । आर्थिक अवस्था कमजोर बिपन्न परिवारका बालबालिका,युवा,कृषकलाई दिगो आर्थिक बिकासकालागी वल्र्डभिजन र युथ क्रिएशन सुनसरीले सयुक्त रुपमा सञ्चालन गर्दै आएका परियोजनाहरुको बारेमा सुक्रवार सार्वजानिक गरेको छ । युुवा बिकास,बाल स्पोन्सरसिप र सिप परियोजना अन्तर्ग सन २०१७ देखि १८ सम्म सञ्चालित हुने कार्यक्रम र बार्षिक बजेटको बारेमा जिल्लाका बिभिन्न सरोकारवालाहरुको उपस्थितीमा सार्वजानिक गरेका हुन् ।
युथ क्रिएशनका कार्यक्रम संयोजक भबिन्द्र बिश्वकर्माले युवा बिकास परियोजना अन्तर्ग युवाहरुमा सीप ज्ञान तथा आर्थिक सशक्तिकरणगरी समाजमा शक्रिय नागरीकका रुपमा उभ्याउन उधेश्यरहेको बताएका छन् । सो युवा बिकास कार्यक्रममा ८४ लाख ५ हजार बजेट रकम रहेको बताएका छन् । जोखिममा परेका बालबालिका तथा आर.सी. मा परेका बालबालिकाका अभिभावकलाई आर्थिक अवस्था बलियो बनाउन बिशेष कृयाकलाप अगाडी बढाईने संयोजक सत्यनारायण थारुले बताएका छन् । यस परियोजनाबाट बाल समृद्धि,संरक्षण,स्थानिय स्तरमा पैरवी गर्दै बालबिवाहमा न्युनिकरण उधेश्य राखी सञ्चालगरीने परियोजनाको बजेट रकम ५४ लाख १० हजार रहेको जानकारी दिएको छ । कृषि क्षेत्रमा कृषकहरुलाई सहयोगगरी उतपादनमा बृद्धि गराई उनीहरुलाई आर्थिक समपन्ता बनाउन सिप परियोजना बारे जानकारी दिएको छ । यस परियोजनामा १ करोड ६५ लाख बजेट रकम रहेको आर्दश चापागाईले बताएका छन् । वल्र्डभिजनले पहिले देखिनै परियोजना सञ्चालनकालागी निर्धारण गरेका क्षेत्र साबिक ६ वटा गाबिस भासि, चाँदवेला, मधेशा, पकली,एकम्बा र मधैली हालको स्थानिय तह रामधुनी वडा नम्बर १,२,३,४,ईनरुवा ६,७,ईटहरी १४,१५,१६ र १८ त्यसैगरी गढी गाउँपालीका वडा नं. १ मा हुने वल्र्डभिजनका अनुगमन शाखा प्रमुख मनिष थापाले बताए । सुनसरी जिल्ला समन्बय समिति ईनरुवाको सभाहलमा भएको सो परियोजना सार्वजानिक कार्यक्रममा समन्बय समितिका प्रमुख गोपाल राज भण्डारी,सहायक जिल्ला अधिकारी अनुप भण्डारी,डि.एस.पी नारायण प्रसाद चिमरीया,सिटिभिटीका निर्दैशक शिव प्रसाद दाहाल,गढी गा.पा.को अध्यक्ष श्री प्रसाद यादव,ईटहरी न.पा. शाखा प्रमुख माया राईको उपस्थिती रहेको थियो ।