सुनिल चौधरी
झुम्का,माघ २४ । झुम्का उद्योग बाणिज्य संघ रामधुनीले आफनो चौथो अधिवेशन आउदो माघ २६ गते सुक्रवारका दिन गर्ने भएको छ । उद्योगी ब्यापारीहरुको छाता संगठन उद्योग बाणिज्य संघको कार्यसमितिको निर्णय अनुसार अधिवेशन गर्नलागेको महासचिव सुजित कुमार रायको हस्ताक्षरीत्त पत्रमा उल्लेख गरीएको छ ।
सघंको आगामी तिन वर्षे नेतृत्वका लागि अधिवेशन हुन गईरहेको छ । समितिको निर्णय अनुसार माघ २६ गते सुक्रवार उद्धघाटन,२७ गतेका दिन बन्द सत्र र २८ गते कार्यसमिति चयनकालागी छलफल अगाडि बढाईने अध्यक्ष सगेन चौधरीले बताएका छन् । नयाँ कार्यसमिति चयनकालागी सर्व सहमती अनुसार प्रयास गरीने अध्यक्ष चौधरीले बताएका छन्, सहमतीले हुन नसके २८ गते आईतवार बर्तमान कार्यसमितिले नयाँ समिति चयनकालागी निर्वाचन मण्डल समितिलाई कार्यभार हस्तान्तरण गरिने जानकारी दिएका छन् । यस भन्दा पहिले २०६९ साल चैत्र २२ गते चुनावी प्रकृयाबाटै समिति बनेका थिए । संघमा आबद्ध सदस्यहरु ६ सय ९४ रहेका छन् । साधारण सभा बाणिज्य संघकै सभाहलमा बिहान ११ बजेबाट सुरु हुने जनाएको छ । सो साधारण सभामा उपस्थितीकालागी महा सचिव सुजित कुमार रायले सम्पुर्ण सदस्यहरुलाई अनुरोध गरीएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen