सुनिल चौधरी
झुम्का,माघ २२ । सुनसरीको बक्लौरीमा पुल निर्माण गर्ने योजना अनुसार निर्माणमा कोही कसैले बाधा अडचन नगर्दिनहुन स्थानियहरुले अनुरोध गरेका छन् । राधुनी वडा नं. ७ तेतरीयाटोल स्थित सेउतीखोलामा पुलनिर्माणकालागी सर्भे भै सकेको अवस्थामा यहा बन्ने पुलको योजना कतै अन्यत्र नगएको सबै सरोकारवालाहरुलाई अवगत गराउन आईतवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।


झुम्का लगुना चोक देखि करिब ८ किलोमिट उत्तर कुमरखत गाउँ अन्तर्गत तेतरीयाटोलमा निर्माण हुने ४४ मिटरको पुलको टेन्डर समेतपरी ‘डिजीकोन कन्ट्रक्शन ईन्जिनियरिङ्ग कन्सल्टेन्सि प्रा.लि.कुपनडोल ललितपुरका कर्मचारीहरु गत जेष्ठको अन्तिम हप्ता स्वाईल टेष्ट र माटो परिक्षण गरेका थिए । सो सम्बन्धमा पुलनिर्माण हुने स्थान सेउती खोलामै पत्रकार सम्मेलनगरी रामधुनी वडा नं. ७ का वडा अध्यक्ष तथा पुलनिर्माण संघर्ष समितिका संयोजक केशव गौतमले परिक्षण गरेको सम्पुर्ण जानकारी दिएका छन् । पुलनिर्माणमा अन्यत्रबाट बाधा अडचन आईरहेकाले उनीहरुले आईतवारनै वडा अध्यक्षको संयोजकत्वमा संघर्ष समिति गठनगरेका छन् ।


रामधुनी,ईटहरी र धरानलाई समेत जोडने मिड प्वाईन्टको रुपमा रहेको स्थानमा निर्माण हुने पुल योजना रेड बुकमा समेत उल्लेख भईसकेको सघर्ष समितिले जानकारी दिएको छ । सुनसरी मोरंग पुल निर्माण आयोजनाका प्रमुख कैलास शाहले तेतरीयाटोलमै पुल बन्ने योजना रहेको आश्वासन दिएको शाहलाई उदृत गर्दै वडा अध्यक्ष गौतमले जानकारी दिएको छ । तर एकाएक यहा बन्ने पुलको योजना धरान १५ श्यामचोकमा निर्माण हुने योजना भएको सामाचार पत्रपत्रिकामा आएपछि स्थानियहरु झस्किएका छन् । बक्लौरीको तेतरीयामा बन्ने पुलको योजना यहाकै रहेको दाबी गर्दै पत्रिकामा आएको सामाचारलाई खण्डन गर्दै धरानको श्यामचौकमा बन्ने पुलको योजना सारिएको सामाचार निराधार रहेको स्थानियहरुले बताएका छन् । पत्रकार सम्मेलनमा रामधुनीका नगरप्रमुख जयप्रकास चौधरीले दुवै ठाउँमा पुल निर्माण हुनु पर्छ तर बक्लौरीको योजनामा बिवादित हुन खोज्दा छानबिनगरी निशकर्षमा जानु पर्ने बताउनु भयो । नगरप्रमुख चौधरीले यसकालागी हरेक निकायमा जानकारी कालागी डेलिगेशन जानु पर्ने बताउदै त्यसकालागी तयार रहेको प्रतिबद्धता जनाउनु भयो ।


यस पुलनिर्माणले ईटहरीलाई समेत जोडने भएको हुदा निर्माणमा कसैले रोक्न खोजे प्रतिकार गर्ने ईटहरी वडा नं. १८ का वडाअध्यक्ष रामकुमार चौधरीले चेतावनी दिएका छन् । पुर्व क्षेत्रिय जिल्ला सदस्य तथा समाजसेवि गणेस प्रसाद गुरागाईले योजना बक्लौरीकै लागी भएकोले धरान र बक्लौरीको बिचमा तरंग पैदा गर्न पुल निर्माण शाखाकै कर्मचारीले खेल्ल खोजेको बताएका छन् । यसकालागी सबै तहतप्काका ब्यक्ति सचेतहुन आवश्यक्ता औल्याउदै गुरागाईले बताए । तेतरीया पुल निर्माणको योजनामा धरानका श्यामचौकमा बन्ने कुरा अफवाह फैलाएर बलजफ्ती योजना तान्न खोजेको स्थानियहरुको अरोप रहेको छ ।

   

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen