सुनिल चौधरी
झुम्का,माघ २० । रामधुनी नगरपालीकाले जेष्ठनागरीकहरुलाई एक कार्यक्रमका बिच परिचय पत्र बितरण र सम्मान गरेको छ । वडा नं. ५ वडा कार्यालयको अयोजनामा जेष्ठनागरीकलाई परिचय पत्र बितरण,सम्मान र स्वथ्य शिविर सम्पन्न गरेको वडाअध्यक्ष डेगराज फुयालले बताएका छन् ।
नगरप्रमुख जयप्रकास चौधरीको प्रमुख आतिथ्यतामा वडा नम्बर ५ अन्तर्गतका जेष्ठनागरीकहरुलाई सेवा दिने उधेश्यले गरेको सो कार्यक्रममा ६० बर्ष भन्दा माथीका २ सय २३ जना बृद्धबृद्धाहरुलाई जेष्ठनागरीकको परिचय पत्र बितरण गरेका छन् । स्वस्थ्य लाभको कामना गर्दै ८० बर्ष भन्दा माथीका १ सय १ जना जेष्ठनागरीकलाई दो सल्लाह ओढाई सम्मान गरेको छ । परिचय पत्र बितरण र सम्मान संगै स्वथ्य शिविर समेत सञ्चालन गरेका थिए । साई मेडिकल झुम्काको प्राबिधिक सहयोगमा सो स्वथ्य शिविरबाट ३ सय ५१ जनाले सेवा लिएको जानकारी दिएका छन् । शिविरबाट हाडजोर्नी,फिजिसियन,फिजियो थेरापी र स्त्रीरोग सम्बन्धि बिरामिले सेवा लिएको वडा अध्यक्ष फुयालले बताएका छन् । कार्यक्रममा नगर उपप्रमुख सबिना चौधरी लगायत वडा अध्यक्ष,कार्यपालीका सदस्यहरुको उपस्थित रहेको थियो ।