सुनिल चौधरी
झुम्का,माघ १९ । रामधुनी नगरपालीकाले जेष्ठनागरीकलाई सहयोगकालागी सनिवार परिचयपत्र बितरण गर्ने भएको छ । वडा नं. ५ वडा कार्यालयको अयोजनामा जेष्ठनागरीकलाई सम्मान,स्वथ्य शिविर र जेष्ठ नागरीक परिचय पत्र बितरण गर्ने वडा अध्यक्ष डेगराज फुयालले बताएका छन् ।
वडा नम्बर ५ अन्तर्गतका जेष्ठनागरीकहरुलाई सेवा दिने उधेश्यले गर्ने सो कार्यक्रममा उपस्थितीकालागी समपुर्ण जेष्ठनागरीकलाई सुचना गरीएको छ । कार्यालयबाट ६० बर्ष भन्दा माथीका बृद्धबृद्धाहरुलाई परिचयपत्र बितरण र ८० बर्ष भन्दा माथीका जेष्ठनागरीलाई सम्मान गरिने वडा अध्यक्ष फुयालले जानकारी दिएको छ । कार्यक्रम माघ २० गते सनिवार सुनसरी मोरंग सिचाई डिभिजन कार्यालय झुम्कामा हुने कार्यालयले जनाएको छ ।