सुनिल चौधरी
झुम्का,माघ १९ । रामधुनी नगरपालिका १ र ५ नम्बर वडा कार्यालयले बजार क्षेत्र अन्तर्गत राजमार्गको दुवै तर्फ ढलसरसफाईको कार्य गरेको छ । बर्षा सुरुहुनु अगावै रामधुनीको मुख्य बजार झुम्का राजमार्ग छेउ ढलनाला सरसफाई गरेका छन् ।
स्थानिय तहको चुनाव पछि जनप्रतिनिधिले चासो देखाउदै बर्षामा बजार डुब्ने,हिलोले असहज हुने बर्षौ देखिको समस्या हलगर्नकालागी राजमार्ग छेउ बजारमा रहेको ढलनाला सरसफाई गरेको वडा अध्यक्ष महेह चौधरीले बताएका छन् । १ नम्बर वडा कार्यालयले बजारको ढलनिकासकालागी बजार नहर छेउ उतर नाला बिस्तार काम सम्पन्न गरेको छ ।
बजारको दुवै तर्फ रहेको ढल फोहोरले पुरिएको अवस्थामा बर्र्षाकोपानी निकासमा समस्या भई बजारनै जलमग्न हुने अवस्था रहनेहुदा यो सरसफाईले बर्षा समयमा ब्यापारी र बजार आउजाउ गर्नेहरुलाई सहजता महसुस हुने झुम्काका ब्यापारी भोला रौनियारले बताएका छन् । समयमै गरेको सरसफाई जनप्रतिनिधिहरुको ध्यानगएको प्रति स्राहनिय प्रकट गर्छन सञ्जय साहले । ब्यापारी शाहले लामो समय देखि होटल सञ्चालन गर्दै आएका छन् उनको मुख्य बजारमै रहेको होटल अगाडी जहिलै पानि जम्ने समस्या रहेको थियो । ढलपुरीएर होटल अगाडी पानी जम्दा होटल सञ्चलनमा समस्या हुदा सरोकारवालालाई गुहारदा समेत केहि नलागेर निरास भएका थिए । जनप्रतिनिधि आएपछि केहि बिकासको काम भईरहेको महसुस गरेको छु तर दिर्घकालिन ठोसरुपमा काम प्रति ध्यान अझै नगएको उनको बुझाई रहेको छ । सफाई गर्दा ढल छोप्ने ढक्कन लथालिङ्ग अवस्था रहेको हुदा चाडै ब्यवस्थित हुनुपर्ने र ब्यापारीले आफना पसल अगाडी रोड भन्दा माथि सम्याएको माटोलाई हटाउने कार्यपनि यसैबेला हुनु पर्ने शाहले बताए ।
फुटपाथ पसल र साप्ताहिक हाटबजार राजमार्ग छेउमै लाग्दा भिडभाड भई दुर्घटना भईरहेकोहुदा यसलाई दिर्घकालिन ब्यवस्थापनमा जान नसकेको स्थानिय देविला चौधरीले भनाई राख्दै जति सक्दो ब्यवस्थापन हुनु पर्ने बताएका छन् । वडा नं. १ का वडा अध्यक्ष महेश चौधरीले हटिया ब्यवस्थितकालागी साबिक बजार लागीरहेको स्थानबाट पुर्वपट्टी तयार गरेको स्थानमा बजार सार्ने प्रकृया भइरहेको बताएका छन् । ब्यवस्थित बधशाला अझै सञ्चालनमा आउन नसक्दा वडा नं. ५ को राजमार्ग छेउमै खुल्ला मासुपसलले गर्दा बजार अब्यवस्थित हुदै गएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen