झुम्का,माघ १६ । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३ सय २५, ए वन, नेपालको तेस्रो जोन एड्भाइजर वैठक लायन्स क्लव अफ रामधुनीको आयोजनामा रामधुनी मन्दिरको सामुदायीक भवनमा भएको छ । जोन चेयरपर्शन बाल कृष्ण साहको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक गर्भनर लिलाबहादुर      ढुंगेलले हामी सेवा गर्छौ भन्ने उद्देश्यले स्थापना भएको लायन्स क्लवले समाजमा महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। उनले आगामी दिनमा सामाजिक काम गर्न क्लवहरुले ठोस योजना बनाउनु पर्नेमा जोड दिए ।
बैठकमा बिसिष्ट अतिथीमा सहभागी भएका रामधुनीका मेयर जयप्रकास चौधरीले लायन्स क्लवले मानव सेवा र बिकास निर्माणमा समेत कार्यहरु गरीरहेकाले नगरपालिकालेसहयोग गर्ने प्रतिबद्धता जनाए । बिशुद्ध मानवीय सेवा गर्ने संसारकै सबैभन्दा ठुलो अन्तर्रा्ष्ट्रिय संस्थाको रुपमा लायन्स क्लबलाई चिनिने गरिन्छ । आफ्नो प्रतिभा अथवा क्षमतालाई प्रयोग गरि राष्ट्रलाई सुरक्षित र स्वतन्त्र राख्न अग्रसर हुनु नै लायन्सको काम कर्तब्य रहेको जोन चेयरपर्शन बाल कृष्ण साहले बताए ।
वैठकमा बिराटनगर इनोभेटिभ लायन्स क्लव बिराटनगर, ईटहरी ग्रीन सिटि लायन्स क्लव, बिराटनगर मोरंग लायन्स र रामधुनी लायन्स क्लबको तर्फबाट सेक्रेटरी आशा चौधरीले क्लवको प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा चार ओटै क्लवका चेयरपर्शनहरुले भावि योजनाको बारेमा बताएका थिए । वैठकबाट लायन्स क्लव अफ रामधुनीले लगुना चौक पुर्व लयान्स चौक निर्माण,मानव आश्रम स्थापना, झुम्का स्थित रामधुनी मन्दिर प्रवेस द्धार निर्माण,सरसफाई,रक्तदान,स्वथ्य सिविर तथा पुर्वाधारका कार्यहरु अगाडिबढाउने अध्यक्ष हर्षलाल चौधरीले योजनामा रहेको बताए । रामधुनी लायन्स क्लवका पुर्व अधयक्ष डिल्ली कार्की अतिथीहरुलाई स्वागत गर्दै रामधुनीको एैतिहासिक्ताको बारेमा जानकारी दिएका थिए । कार्यक्रमबाट वडा ९ का वडाअध्यक्ष घनश्याम चौधरी, वडा ८ का वडा अधयक्ष रुद्र बस्नेत,वडा ७ का वडा अध्यक्ष केशव गौतम,वडा ६ का हेमनारायण राजधामि, वडा ४ का मनेष चौधरी,वडा ३ का राजकुमार चौधरीलाई सम्मान गरेको छ । पत्रकारीतालाई मुल्याङ्कन गर्दै लायन्स क्लव अफ रामधुनीका अध्यक्ष हर्ष चौधरीले पत्रकार सुनिल चौधरीलाई सम्मान गरेको छ । लायन्स क्लवबाट रामधुनी बनमा बनभोजको समेत अयोजना गरेको थियो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen