सुनिल चौधरी
झुम्का,माघ १७ । स्थानिय तह आर्थिक समृद्धिकालागी स्थानिय नगरवासी उद्यमी बन्नु पर्ने दृष्किोणलाई मध्यनजर गर्दै रामधुनी नगरपालीकाले उद्यम बिकास रणनिती तयार गर्न बुधवार एक दिने गोष्ठि सम्पन्न गरेका छन् । नगरपालिकाले पुर्वाधार बिकासलाई प्राथमिकक्तामा राखेर योजना ल्याइरहदा आर्थिक समृद्धिकालागी योजनाको अभ्यास कम प्राथमीक्तामा परेको भन्दै नगरलाई आर्थिक सम्बृद्धिकालागी उद्यम बिकास रणनितीमा जुट्ने योजना ल्याएका हुन् ।
नगरका प्रमुख जयप्रकास चौधरीको सभापत्विमा उपप्रमुख,वडा अध्यक्ष,नगर कार्यपालिका सदस्य,कर्मचारीहरुको सहभागीमा पञ्च बर्षिय योजना सहित यसकालागी पुर्व योजना तर्जुमा गोष्ठि गरेका हुन् । नगरमा रहेका स्थानिय स्रोत र साधनलाई प्रयोगमा ल्याउदै स्वरोजगारको अवसर सिर्जनाकागरी योजना बनाउन उद्यम बिकास कार्यक्रम बिराटनगरको सहयोगमा राष्ट्रिय सामुदायीक बिकास केन्द्र बिराटनगरबाट सहजीकरण गरेका गोष्ठिमा परम्परागत सिप र प्रबिधिमा आधारीत रहेर योजना बनाउनु पर्ने जोड दिएका छन् । स्थानिय माग,आवश्यक्ता,श्रोत साधन,श्रम,सिप,लघु पँुजी,बिक्रि योग्य बस्तु सेवाको आधारमा रहेर योजना बनाउनु पर्ने सहजीकरण गर्दै योजनाका नियमहरु बताएका थिए । यसलाई कार्यन्बयन गर्न सके रोजगारीको सिर्जनाभई गरीबि न्युनिकरण हुने,स्थानिय स्तरमा सिप परिचालन,सुशासन,समावेसी,युवा रोजगार सिर्जनाको अवसरहरु हुने सामुदायीक बिकास केन्द्रका लक्षमण प्रसाद गौतमले सहजीकरण गर्दै जानकारी दिएका छन् । रामधुनी नगरपालिकाको सभाहलमा भएको गोष्ठि पश्चात पञ्च बर्षिय योजनाको रणनिति तयारीकालागी प्रारम्भिक चरणमा उपप्रमुख सबिना चौधरीकोे संयोजत्वमा समन्बय समिति गठन गरीएको छ । योजना त्यारीकालागी समितिले सुचना संकलनगर्नु पर्ने कार्य रहेको उपप्रमुख चौधरी बताईन् । उद्यम बिकासकालागी नगर सभाले प्रत्येक वडामा बजेट बितरण भईसकेको शाखा प्रमुख हर्षला चौधरीले जानकारी दिएको छ । यस भन्दा पहिले नगरवासीलाई उद्यस सिलता बनाउने कार्यक्रम अनुसार उद्यमी भैसकेकालाई स्तरउन्नती गरी योजना बनाउने शाखा प्रमुख चौधरी बताए । सो समन्बय समितिमा सदस्य रामकरण गडगा,लक्ष्मी चौधरी,राधा पोख्रेल,केसव गौतम,हर्षलाल चौधरी,शेष कुमारी खडका,सर्मिला बिका,अभिनारायण भट्टराई रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen