सुनिल चौधरी
झुम्का,माघ १५ । नेपाल रेडक्रस सोसाइटी झुम्का उपशाखाको नयाँ कार्यसमितिकालागी चुनाव आउदो माघ २६ गते हुने भएको छ । २०७४ देखि २०७८ सम्म चार बर्षको कार्यअवधिकालागी रेडक्रस सोसाइटी झुम्का उपशाखाकाको निर्वाचन हुन लागेको निर्वाचन अधिकारीको कार्यालय झुम्का उपशाखाका निर्वाचन अधिकारी ओम कुमार शर्माले जानकारी दिएका छन् ।
झुम्का उपशाखाका कार्यसमितिका लागी सभापती १ र ८ सदस्य पदकालागी हुने निर्वाचन कार्यक्रम अन्तर्गत माघ १३ गते निर्वाचन कार्यक्रम सार्वजानिक गर्दै मतदाता नामावली सुचना प्रकाशन गरीएको छ । झुम्का उपशाखामा २ सय ७७ सदस्य रहेका छन् । नेपाल रेडक्रश सोसाईटीको बिधान,२०२०(सोह्रौ संसोधन २०७१) को परिच्छेद १४ तथा नेपाल रेडक्रस निर्वाचन नियमावली,२०४९(संसोधन सहित) बमोजिम निर्वाचन गर्नलागेको निर्वाचन अधिकारी शर्माले बताए । निर्वाचन कार्यक्रम अनुसार २३ गते बिहान १० बजे देखि मध्यान्ह १२ बजे सम्म मतदाता नामावलीमा नाम थप तथा संसोधनकालागी आवेदन दर्ता,आवेदन उपर जाचबुझ तथा संसोधित मतदाता नामावली प्रकाशन,मतदाता नामावलीमा समाबिष्ट नाम उपर दावी बिरोध,उजुरी जाचबुझ तथा मतादाताको अन्तिम नामावली प्रकाशन हुने जानकारी दिएको छ । त्यसैगरी सोहि दिन १२ बजे देखि ३ बजे सम्ममा उमेदवार मनोनयन पत्र दर्ता, उमेदवारको पहिलो नामावली प्रकाशन, मनोनयन पत्रमाथि दावी बिरोध, दावी बिरोध उपर जाचबुझ तथा संसोधित नामावली प्रकाशन ,उमेदवारले नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन हुने जनाएको छ । रामधुनी ५ स्थित रहेको झुम्का रेडक्रसको कार्यालय भवनमा माघ २६ गते मतदान पश्चात परिणाम घोषणा हुने निर्वाचन अधिकारी शर्माले जानकारी दिएका छन् ।