सुनिल चौधरी
ईटहरी,माघ १४ । सुनसरीलाई शैक्षिक गन्तब्यकालागी निजि क्षेत्रबाट शिक्षा प्रदान गर्दै आएका उच्च सिक्षालय तथा माध्यमिक बिध्यालयहरुको छाता संगठन हिसानले स्पोर्ट मिट २०७४ गर्ने भएका छन् । जिल्लाका निजि बिध्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत छात्र÷छात्राहरुका प्रतिभा र क्षमताको प्रदर्शन एवंम् प्रतिष्पर्धाको भावना जागृत गर्ने उधेश्यले माघ १४ गतेबाट स्पोर्ट मिट सुरु भएको ईटहरीमा पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।
स्पोर्ट मिट कार्यक्रम अन्तर्गत फुटवल,क्रिकेट,बास्केटबल,भलिवल,हाजिरी जवाफ,नृत्य हुने हिसानका सदस्य सागर भट्टराईले जानकारी दिए । अतिरिक्त क्रियाकलाप समबद्ध कार्यक्रम गराउदै आएका हिसानले सो स्पोर्ट मिट कार्यक्रमा जिल्लाका पुराना र नयाँ सदस्य बिध्यालयगरी २९ बिधयालयको सहभागीता रहने छ । बिधयालयहरुबिचमा मित्रता र स्वस्थ्य प्रतिस्पर्धा बिकासको भावना गर्दै सुनसरीलाई शैक्षिक गन्तब्य बनाउन स्पोर्ट मिट बिगत ६ बर्ष देखि स्पोर्ट मिटको नामबाट बार्षिक रुपमा सह–शिक्षा क्रियाकलाप संचालन गर्दै आईरहेको हिसान अध्यक्ष मुकुन्द घिमिरेले बताए । सुनसरीको धरान,ईटहरीको छुट्टा छुटै खेलमैदानमा हुने खेल माघ २० गते सम्म संचालन हुने छन् । खेलमा बिजयी हुने बिध्यालयलाई ट्रफी तथा प्रमाण पत्र साथै बिध्यार्थिहरुलाई मेडल तथा प्रमाण पत्र बितरण गरिने अयोजकले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen