सुनिल चौधरी
झुम्का,माघ १३ । सहकारी संस्थालाई निश्चित लक्ष्यमा पुर्याउन सहकारी योजना तथा बजेट निर्माण तालिम सनिवार झुम्कामा सम्पन्न भएको छ । संस्थामा पुर्व योजनाको महत्वुर्ण भुमिका रहेको हुदा प्रकृयागत तथा योजनाबद्ध सञ्चालनकालागी झुम्काका सहकारी संस्थाहरुको पहलमा एक दिवसीय तालिम भएको हो ।
तालिममा संस्थाको बार्षिक बजेट, कार्यबिधि र योजना निर्माणको अर्थ,महत्व,गुण बारे बताएका छन् । प्रयास सुचना संचार सहकारीद्धारा संचालित रेडियो रामधुनी र मैत्रि बचत तथा ऋण सहकारी संस्थाको सयुक्त आयोजनामा भएको तालिममा बजार ब्यवस्थापन संगै योजनाको खाका तयार गर्ने बिधि नियमहरुको बारेमा जानकारी गराएका छन् ।
रेडियो रामधुनी संचालक समितिका उपाध्यक्ष मुकेश चौधरीको सभापतित्वमा भएको सो तालिममा संस्थाका ब्यवस्थापक तथा कर्मचारीहरुगरी ५० जना भन्दा बढि प्रशिक्षार्थिहरुको सहभागीता रहेको थियो । तालिम अवधिभर बचत तथा ऋण सहकारी संघ मोरंगका अध्यक्ष हरि सुवेदि र जिवन बस्नेतले सहजीकरण गरेका थिए । मैत्रि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरिलाल चौधरीले अतिथी तथा सहभागीहरुलाई स्वागत गरेका थिए भने तालिम बिहान १० बजेबाट रामधुनी वडा नं. ५ स्थित रहेको झुम्का रेडक्रस भवनको सभाहलमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen