सुनिल चौधरी
दहबी,माघ १२ । दुहबी नगरमा सरोकारवालाहरुको समन्बय भुमिकाको अभावले सुरक्षा र न्यायमा प्रभावकारी नभएको गुनासो आएको छ । नेपालपत्रकार महाँ संघ शाखा सुनसरीको अयोजनामा सर्च फर कमन ग्राउण्डको सहकार्यमा सुक्रवार दुहबीमा भएको सुरक्षा र न्याय क्षेत्रका सरोकारवाला तथा सञ्चारकर्मिहरु बिच भएको अन्तकृयामा गुनासो आएको हो । नगरमा रहेको न्यायीक समिति,मिडिया,मेलमिलाप केन्द्र र प्रहरी बिच समन्ब्य हुन नस्कदा बिपन्न,सिमान्तकृत तथा महिलाहरु उचित भरपर्दो सुरक्षा र न्याय पाउन नसकेको अन्तकृयाहुदा कुरा आएको हो ।
दुहबी नगरपालिकाको सभाहलमा भएको सो अन्तरकृयामा सहभागी सरोकारवाला पक्षहरुबाटै एक अर्कामा दोषारोपण गर्दै सो गुनासो आएका हुन् । सहभागी भएका प्रहरीका अनुसार प्रहरीले दिएको सुचनाको साथै घटना भएको स्थलमा गएर सम्बन्धित ब्यक्तिलाई समेत सोधपुछगरी मिडियामा सामाचार ल्याउदा पिडितले न्यायपाउन दवाव पुग्न सक्ने भनाई राखेका छन् । त्यसैगरी दुहबी नगरमा गठित न्यायीक समितिका अध्यक्ष तथा नगर उप प्रमुख सुनिता दाहालले समाजमा भएको तथा लुकेका घटना पत्रकारले खोजीगरी बाहिर ल्याए मात्र बिपन्न,सिमान्तकृत तथा महिलाहरुले सुरक्षा र न्यायपाउन सक्ने बताए । कतिपय जघन्य अपराधका घटनाहरु समाजमा लुकाईछिपाई राखेकाले बाहिर आउन नसकेको दाहालले बताए । त्यसैगरी स्थानिय पत्रकार सन्तोष यादवले ईलाका प्रहरी दुहबीमा घटनाका सुचना माग्न जादा प्रहरीले कारण देखाई सुचना नदिएको भन्दै घटना सत्यतथ्य आउन नसक्दा न्याय पाउन नसकेको बताएका छन् । नगरवासीमा छिटो छरितो सुरक्षा र न्यायको पहुचकालागी १२ वटै वडामा मेलमिलाप केन्द्र,सामुदायीक प्रहरी गठन गर्नु पर्ने नगर प्रमुख बेद गच्छदारले बताएका छन् । न्यायीक समितिलाई निर्दैशन दिदै पत्रकार र सुरक्षाकर्मिको साथ र सहयोग लिदै मेलमिलाप केन्द्र गठन नभएको वडामा गठन गर्नु पर्ने र गठन भएका वडामा निस्कृय समितिलाई सकृय बनाउने समितिलाई निर्दैशन दिएका हुन् ।
नेपाल पत्रकार महाँ संघ शाखा सुनसरीका अध्यक्ष अमर खडकाको सभापतित्वमा भएको सो अन्तकृयमा यादव लगायत पत्रकार प्रेमगीरी,बिनय राजवंसी, पत्रकार महाँ संघ केन्द्रिय पार्सद लिलाराज भट्राई,शाखा सुनसरीका जिल्ला सदस्य अर्जुन सुवेदि, सुनिल चौधरी,नगरपालीकाका कानुनी सल्लाहकार हेमराज पोख्रेल,वडा अध्यक्षहरु,सहकार्य सस्थाका संयोजक महेन्द्र महतोको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen