सुनिल चौधरी
ईटहरी,माघ ८ । थारु समुदायमा धार्मिक आस्थाले मान्दै आएका ग्राम थान अतिक्रमणमापरी संकटमा पर्न थालेका छन् । गाउँमा बाह्य अदृश्य शक्तिबाट समुदायमा कुनै हानि नोक्सानी नहोस भन्दै गाउँबाहीर पुर्व शिरातर्फ देविदेउता बस्ने स्थान स्थापनागरी पुजाँपाठ गर्दै आएका ग्रामथान भु–माफियाहरुका कारण संकटमा पर्दै गएका छन् ।
नेपालका भुमिपुत्र रुपमा रहेका थारु समुदाय जंगल फडानीगरी वासस्थान बनाएका पहिले प्रसस्त एैलानि जग्गा रहेकाले सो जग्गामा थारु समुदायले ग्रामथान बनाउने गर्दथ्यो । सोही अनुरुप अहिले सम्म पनि एैलानि जग्गामा रहेका बिच्छु धामि ग्रामथान भु–माफियाहरुले जथाभावि प्लटिङ्गगरी हटाउन दवाब दिईरहेको ईटहरी वडा नं. ८ टेङग्राटोलका ग्रामथान संरक्षण समिति सचिव साबित्रा चौधरीले बताईन् । ईटहरी बजार बिस्तार हुनु पहिले देखिनै टेङग्राटोलका ६० घरधुरी थारुहरु ग्रामथान स्थापनागरी धार्मिक कार्यहरु गर्दै आएकामा बाटो छेउमै रहेको ग्रामथान जग्गा श्रेष्तामा बाटो रहेको भन्दै प्लटिङ्ग गर्ने भु–माफियाहरुले हटाउन दबाव दिईरहेको सचिव चौधरीले बताएकी छन् । चौधरीका अनुसार ग्रामथान बनेको स्थानमा अनुमानित ५ कठा एैलानि जग्गा रहेको जानकारी दिएकी छन् । सो जग्गामा धार्मिक तथा सास्कृतिक महत्वबोकेको पुरानो पोखरी,सामुदायीक भवन बसघरा, ग्रामथान रहेको छ । ग्रामथानमा खेतीपातीमा उब्जनी बृदि,गाउघरमा सुखसान्तिकोकामना गर्दै बर्षको दुईपटक मंसिरमा नेमानी र असारमा अखारी पुजा गर्ने परम्परा रहेको स्थानिय पुजारी नारायण चौधरीले बताए । थारुको पहिचान संग जोडिएको त्याहा रहेका संरचनाहरु प्लटिङ्ग गर्नेहरुबाट भत्तकाईदिने धम्कि समेत आईरहेकाले सो टोलका स्थानिय गाउँवासिहरुले ग्रामथान संरक्षणकालागी सबै संग अनुरोध गरेका छन् ।