सुनिल चौधरी
झुम्का,माघ ५ । ऐतिहासिक धार्मिक स्थलको नामाबाट नामाकरण भएको रामधुनी नगरपालीकाले पुर्वाधार बिकास गर्दै पर्यटकीय क्षेत्र बिस्तारकालागी रामधुनी नगरपालीकाले टम्र्स अफ रिफेन्स तयार पारेको छ । नगरपालिका अन्तर्गत रहेका धार्मिक,सास्कृतिक,साहित्यिक,एैतिहासिक,प्राकृतिक तथा पर्यटक स्थलको संरक्षण,सम्वद्र्धन र बिकासको कार्य योजना तयार गर्नकालागी प्राबिधिकम सेवा उपलब्ध गराउने कार्य क्षेत्रगत शर्तहरु(टम्र्स अफ रेफरेन्स) तयार गरेका छन् ।
गत पौष २९ गते नगरपालिकाको बोर्ड बैठकबाट यस क्षेत्रका समग्र बिकासकालागी योजनाबद्ध ढंगले केन्द्रिय तथा स्थानिय स्तरमा उपलब्ध साधन र स्रोतलाई योजना अनुसार सदुपयोगरी अगाडी बढने निर्णय भएको सामाजिक बिकास शाखा प्रमुख हर्षलाल चौधरीले बताए । नगरको बिभिन्न स्थानमा रहेका धार्मिक पर्यटन,साहित्यिक पर्यटन,एैतिहासिक पर्यटन,साँस्कृतिक पर्यटन,प्रकृतिक पर्यटन,कृर्षि तथा खेल लगायतका अन्य पर्यटन क्षेत्रको बिशेष महत्वको मुल्याङ्कगरी एकिकृत पर्यटन गुरु योजना बनाउन लागीएको शाखा प्रमुख चौधरीले बताएका छन् ।
पुर्वाञ्चालको उत्कृष्ट पर्यटकीय क्षेत्रका रुपमा बिकासकालागी रामधुनीनगरपालिकामा बिभिन्न कालखण्डमा ऋीषिमुनिहरुले तपस्य गरेका स्थानहरुको एैतिहासिक तथा धार्मिक महत्व रहेको भन्दै सिमसार क्षेत्र,तालतलैयाबन जंगल र खोलानालाहरुको प्राकृतिक महत्व रहेको नगरप्रमुख जयप्रकाश चौधरीले बताए । बिभिन्न जातजातीहरुको संस्कृतिको आर्षण हुदाहुदैपनि पुर्वाधारहरु आशातीत बिकास हुन नसकेको हुदा नगरपालिकाले समग्र बिकासकालागी योजना बनाई अगाडी बढ्ने मेयर चौधरीले बताएका छन् ।
भौतिक तथा सामाजिक बिकास गर्ने योजना अनुसार रामधुनी वडा नं. ४ स्थित रहेको रामधुनी मन्दिर र सो वरिपरीको वडा नं. ४,२ र ८ मा रहेकासामुदायीक बन अन्र्तगत पार्क,पिकनिक स्पोर्ट संरचनाहरुको निर्माण गर्ने रहेको छ । वडा नं. ७ मा रहेको ईमानसिंह चेमजोङ्ग पार्क रास ताल,जुडि सिमसार,रानिपोखरी,पंचायन धाम र प्रम पार्कलाई बिकास गर्ने योजनामा राखेका छन् । त्यसैगरी वडा नं. ६ मा शंकरबेली सिमसार,शिव सरोवर,पार्वति कुण्ड, वडा नं. १ मा नयाँटोल भादगाउँ पोखरी, वडा नं. २ मा शिवनगरको पुरानो पोखरी, वडा ८ स्थित डुम्राहा पोखरी र वडा नं. ९ का छप्की पोखरीलाई भोतिकब निर्माण गर्ने योजना रहेको छ । आदिवासी जनजाती र दलितहरुको सास्कृतिक संरक्षण तथा सम्भावित घरवास योजना तथा ईथिनिक भिलेज निर्माण गरी बृहतर पर्यटक क्षेत्र बिस्तार संगै पर्यटन क्षेत्रको बिकास गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen