सुनिल चौधरी
झुम्का,माघ ४। रामधुनीको झुम्का स्थित भाादगाउँ सिनुवारी माध्यमिक बिध्यालयमा २ सय ३३ बिध्यार्थीलाई न्यानो कपडा बितरण गरेको छ । चिसोकाकारण बिध्यालयमा पढ्न आउने बिध्यार्थिहरुको संख्या घट्नथालेपछि सिप्रदी ट्रेडिङ्ग एक्साईड बिभाग ईटहरीका कर्मचारी तथा डिलरहरुको संयुक्त प्रयासबाट बितरण गरेको हो ।
बिध्यालयका प्रधानाध्यापक सत्यनारायण धामि,पुर्व प्रधानाध्यापक बद्रिनारायण चौधरी लगायतका शिक्षकहरुले बालबिकास केन्द्र सहितका बिध्यार्थिहरुलाई ज्याकेट तथा स्विटर बितरण गरेका छन् । सहयोगीहरुबाट ६१ हजार १ सय ११ रुपैया संकलनगरी सहयोगी मध्ये दिपेन्द्र चौधरी र ईश्वर प्रसाद पोख्रेलको संयोजकत्वमा बितरण गरेका हुन् । सो बितरण कार्यक्रममा बिध्यालय ब्यवस्थापन समिति,बिध्यालय अभिभावक संघका सदस्यहरुको उपस्थिती रहेको थियो ।