सुनिल चौधरी
झुम्का,माघ ३ । थारु भाषा बिकासलागी झुम्काको माघी महोत्सवमा माघी बिषयक महत्वबारे बत्तृmत्वकला प्रतियोगीता सम्पन्न गरेको छ । थारु महिला उत्थान समाज रामधुनीले अयोजना गरेको तिला संक्राईत तथा माघी महोत्सव २०७४ को चौथोदिनको कार्यक्रममा भाषा संरक्षण र प्रवद्र्धन गर्दै बत्तृmत्वकला प्रतियोगीताको अयोजना गरेको हो ।
प्रतियोगीतामा सहभागी प्रतियोगी मध्ये झुम्का का नमुना सामुदायीक ईन्ग्लिस बोर्डिङ्गका अभिषेक चौधरी प्रथम भएका छन् । प्रतियोगीतामा श्री सम्भुनाथ माध्यमिक बिध्यालयका सुसिल चौधरी दोस्रो,लर्डबुध ईन्टरनेशनल बोर्डिङ्गकी सेविका चौधरी तृतीय भएकी छन् भने कृतिका चौधरी र अंकिता चौधरी सात्वना भईन् । थारु भाषामा माघीको बिषय बस्तुमा रहेर बोलेका थिए । सहभागी प्रतीयोगीहरुलाई निर्णायकले सम्बोधन,प्रस्तुती,बिषयबस्तु र निशकर्ष सहित मुल्याङ्कगरीएको थियो । निर्णायकमा छबिलाल चौधरी,हर्षलाल चौधरी,कुलदिप चौधरी र रामकुमारी चौधरी रहनु भएको थियो ।
थारु भाषा,संस्कृति,भेषभुषा संरक्षणकालागी उत्थान समाजले बिभिन्न कार्यक्रम गर्दै आएको छ । पौष ३० गतेबाट उद्धघाटनगरी माघ ६ गते समापनहुने महोत्सवमा कार्यक्रम अवधिभर ज्ञानबद्र्धक,चेतनामुलक सम्बन्धि कार्यक्रम गर्ने तालिका अनुरुप सोमवार उदयपुर जितिया आईकन शो मार्फत पुर्वदेखि पश्चिमका थारु पहिरन प्रदर्शनगरीएका छन् । पश्चिमा मुलुकको प्रभावले नेपाली मौलिक भेषभुषामा प्रत्यक्ष प्रभावित भइरहेकाबेला माघी महोत्सवबाटै उत्थान समाजले आईकन फेशन शो अयोजना गरेको अध्यक्ष सिता चौधरीले जानकारी दिनु भयो ।