सुनिल चौधरी
झुम्का,माघ २ । थारु महिला उत्थान समाज रामधुनीले झुम्का बजारको जितमहान चौकमा आयोजना गरेको दोस्रो तिला संक्राईत तथा माघि महोत्सवमा थारु पहिर, भेष भुषा संरक्षणकालागी तराईका २२ जिल्लामा लगाउने थारु पहिरन सहित उदयपुर जितिया आईकन गर्ल शो प्रदर्शन गरेका छन् । पुर्व देखि पश्चिम सम्मका थारु महिलाहरुले लगाउने पहिरन सोमवार महोत्सवमा थारु युवक्तिहरुले क्याटवक गर्दै फेशन शो मार्फत प्रदर्शन गरेको हुन् ।

  

पश्चिमी मुलुकको प्रभावले थारु भेषभुषामा समेत प्रभाव परिहेकाले उत्थान समाजले आईकन शो मार्फत थारु पहिचानकालागी पहिरन महत्वपुर्ण रहेको शन्देस दिन प्रदर्शन गरेको उत्थान समाजकी अध्यक्ष सिता चौधरीले जानकारी दिनु भयो । जितिया आईकनमा सुनसरी मोरंग,सप्तरी,उदयपुर,सिराहाका थारु युवक्तिहरु सदस्य रहेका प्रस्तुत आईकन शो को कोर्डियोग्राफी उदयपुरका सम्झना लेखीले गरेकी छन् । उत्थान समाजले माघी महोत्सवबाट भाषा संरक्षण र पर्वको महत्व दर्शाउन माघ ३ गते बुधवार बकतृत्व कला आयोजना गर्ने जनाएको छ । रामधुनीको बिभिन्न ६ वटा बोर्डिङ्ग स्कुलका बिध्यार्थिहरुले बकतृत्व कलामा सहभागी जनाईसकेका छन् । उनीहरुले थारु भाषामा माघी पर्वको बारेमा बोल्नु पर्ने आयोजकले जनाएको छ । त्यसैगरी माघी महोत्सवबाटै स्वथ्य सिविर सञ्चालन गर्ने जनाएको छ । लक्षितबर्गलाई स्वथ्यमा पहुचकालागी सिविरको आयोजना गर्ने जनाएको छ । थारु पहिचान र बिभिन्न सेवामुलक कार्यक्रमको आयोना गर्दै महोत्सव माघ ६ गते सम्म रहने संस्थाकी अध्यक्ष तथा कार्यक्रम संयोज आशा चौधरीले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen