सुनिल चौधरी
बराह,पौष ११ । थारु भाषाका आधुनीक तथा लोक नृत्यलाई जगेर्ना गर्नकालागी थारु महिला सभा गउँ समिति धनपुरीले नृत्य प्रतियोगीता गर्ने भएको छ । माघी तथा तिला संक्रान्तिको अवसरमा पौष २९ गते सनिवारका दिन हुने कार्यक्रम संयोजक कौशिला चौधरीले बताईन् ।
प्रतियोगीतामा प्रथम हुने समुहलाई सिल्ड र प्रमाण पत्र सहित नगद राशि रु ५ हजारले पुरस्कृत गर्ने अयोजकले जनाएका छन् । त्यसैगरी दोस्रो र तेस्रो हुने लाई क्रमस सिल्ड र प्रमाणपत्र सहित नगद रु ३ हजार र २ हजार प्रदान गर्ने जनाएको छ । थारु पहिचान गराउने उत्कृष्ट झाकीलाई सम्मान गर्ने समेत बताइएको छ । प्रतियोगीतामा थारु भाषाको गीतमा मात्र नृत्य गर्न पाउने तथा थारु पहिचान संस्कृति झल्किने पहिरनमा नृत्य गर्नेलाई प्रथमीक्तामा राख्ने छ । प्रतियोगीतामा सहभागीकालागी पौष २७ गते सम्ममा दर्ता गराई सक्नु पर्ने संयोजक चौधरीले बताईन् ।
कार्यक्रम बराह नगरपालीका वडा नम्बर ४ धनपुरी गाउँ स्थित नहर फुटवल ग्राउण्डमा बिहान १० बजेबाट सुरुहुने संस्थाकी अध्यक्ष महेश कुमारी चौधरीले जानकारी दिएकी छन् । अयोजकले सम्पुर्ण गाउँ, टोल,क्लव,संघ संस्था,स्कुल, बोर्डिङ्गलाई सहभागीकालागी अनुरोध गरेका छन् । प्रतियोगीताकोलागी रेडियो रामधुनी ९१.९ मेगा हर्जले मिडिया पार्टनरमा रहेको छ ।