सुनिल चौधरी
ईटहरी,पुष ११ । नेपालीहरुको अर्को ठुलो पर्व माघे संक्रान्तिको अवसरमा ईटहरीमा थारु महिला सभा नगर समितिले माघी सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । नेपालीहरुको महान पर्व माघिमा थारुको संस्कार संस्कृति संरक्षणकालागी पौष २९ गते सनिवार एक दिन सांस्कृतिक कार्यक्रम गर्न संगठनकी अध्यक्ष सुसिला लेखिले जानकारी दिएकी छन् ।

कार्यक्रममा थारु भेष भुषा सहित झाँकी तथा र्याली प्रदर्शन,थारु परिकारहरु बगीया,भक्का,घुंगी,सिपि,भुजाको लाय,तिलको लायको प्रदर्शनि संगै दर्शकहरुले स्वाद लिन पाउने समेत अध्यक्ष लेखिले बताएकी छन् । लोप हुदै गइरहेको पौराणिक नृत्य लगायत थारु भाषाका आधुनीक गीतमा भेष भुषा सहित नृत्य हुने जनाएको छ । माघे संक्रान्ति, मकर संक्रान्ति, माघी, तिला संक्राईन्त आदि नामले चिनिने नेपालको एक प्रमुख चाड हो । यो माघ महिनाको पहिलो दिन पर्दछ । यस दिन नेपालमा सार्वजनिक विदा दिइन्छ । यो पर्वमा थारु समुदाय खेतिमा उब्जाईएका बिशेष तिल र धान को बिशेष परिकार तिल को लड्डु ( तिल्वा लरु), भुजाको लड्डु (मुरहिके लरु) त्यसतै माछा, घिउ, चाकु, तरुल ,खिचडी खाई मनाइन्छ । कार्यक्रम ईटहरी ९ गैसार जानेबाटो स्थित श्री जनता माबिको प्राङ्गनमा अयोजना बिहान ११ बजे देखि सुरु हुने थारु महिला सभा ईटहरी नगर कार्यसमितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen