सुनिल चौधरी
झुम्का,मंसिर ११ । थारुको मागमुद्धालाई सम्बोधनकालागी भएको थारुहट आन्दोलनमा पुर्वबाट नेतृत्व गरेका सुनसरी क्षेत्र नं. २ बाट प्रतिनिधि सभाकालागी प्रत्यक्ष तर्फ तेजनारायण चौधरी र नुनुलाल चौधरी चुनावी मैदानमा रहनु भएको छ । दुवै उमेदवार पहिचान पक्षधरहरुको मतले बिज्य हुने दावी गर्दै तेजनारायण संघिय समाजवादी फोरम नेपाल र नुनुलाल स्वतन्त्रबाट उमेदवारी दिनु भएको हो ।

दुवै उमेदवारको दावी गर्नु स्वभाविकनै रहेको छ किनभने यस क्षेत्रमा आदिवासी जनजातीहरुको बाहुल्यता रहेको छ । सुनसरी क्षेत्र नं २ मा रामधुनी नगरपालिका वडा नं. १,२,३,५,८,९, इटहरी उपमहानगरपालिका वडा नं. १,२,३,४,५,१६,१७,१८,१९,२०, इनरुवा नगरपालिका वडा नं. १,२, ५, ६, ९,१०, हरिनगररा गाउपालिकाको वडा नं. ३ र देवानगञ्ज गाउँ पालिका समेटिएका छन् । क्षेत्र न. २ मा कुल मतदाता संख्या १ लाख ३० हजार ७ सय ३३ रहेका छन् । जस मध्ये थारुको मत संख्या लगभग ३० हजार रहेको छ ।

ठुला राजनितिकदलले पनि यस क्षेत्रमा थारुको निर्णायक मत रहेकाले थारु सघन बस्तिमा प्रचार प्रसार केन्द्रित गरीरहेका छन् । त्यसैले सो मतको दावि गर्दै दुवै थरुहट नेता तेजनारायण र नुनुलाल एक आपसमा भिडन्तमा उत्रिएका छन् । थारु कल्याणकारी सभा सुनसरीले थारु उमेदवारसंगको अन्तकृयामा दुवैनेता सहभागी रहेका सो कार्यक्रममा तेजनारायण चौधरीले स्वतन्त्रका उमेदवार नुनुलालले मलाई सघाए सुनसरी क्षेत्र नं. २ बाट एउटा थरुहटनेताको जित सुनिश्चत हुने दावी गर्नु भयो । करीब २० हजारको हाराहारीमा रहेको थारु मतदाता लगायत गैर थारुमत आफनो पक्षमा आई सकेको तेजनारायणले दावी गर्दै नुनुलालले मात्रै सघाए जित हुने बताए ।

नुनुलालले पनि सम्मान जनक मतको अपेक्षा गर्दै मलाई आएको मत थारु मुद्धा उठानकालागी दिएको भन्दै त्यो मतनै भबिषयकोलागी जितको नेतृत्व गर्ने बताए । जितको दावी गरीरहेका तेजनारायणलाई जवाफ दिदै नुनुले भने जितको सहि मुल्याङ्कन गरे सघाउने प्रतिबद्धता जनाए । सांगठनीक हिसाबले ठुलादलमा थारुहरुको सहभागीताले जित दावी गर्नु उचित नभएको जवाफ पर्काउदै उनीहरुलाई समेटनसके आफु सघाउन तयार रहेको बताए । नुनुलाल फोरम लोकलान्त्रिक नेपाल पार्टिको सहायक महासचिवको रुपमा रहेका थिए । पहिचान र उत्पीडनबर्गको अधिकार ठुलादलले छोडि सकेकाले स्वतन्त्र उमेदवारलाई मतकालागी नुनुलालले अनुरोध गरेका छन् । दुबै नेता आफु थारु मुद्धा शसक्तकालागी उमेदवारी दिएको भन्दै गाउँ गाउँमा प्रचार प्रसारकालागी तिब्रता दिएका छन् ।

 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen