सुनिल चौधरी
झुम्का,मंसिर ११ । रामधुनी वडा नं. ५ स्थित रहेको झुम्का कारागारबाट उत्पन्न फोहोरले दुर्घन्धित बन्दा रामधुनीवासी आजित भएका छन् । १४ सय कैदि बन्दि रहेको कारागारमा ढलको ब्यवस्थापन गर्न नसक्दा शौच गरेका र त्याहाबाट निस्केका फोहोर पानी सिधै बाहिर खेतमा जादा आसपासको बस्ती महामारीको जोखिममा रहेका छन् ।
दिनहुको फोहोर पानीले निकै नै सास्ती खेप्नु परेको स्थानियहरुले बताएका छन् । फोहोर तिन बर्ष देखि हुदै आएको हुदा उचित ब्यवस्थापनकालागी पटक पटक मौखिक तथा लिखित रुपमा ध्यानाकार्षण गराउदा समेत कार्यालयले अटेरगरी सुधारका पहल नगरेको स्थानिय रिशिकेश पराजुलिले बताए । नजिकै रहेको बस्तिमा दुर्घन्धले स्थानियहरुको स्वथ्यमा नाकारात्मक असर पर्न थालेको स्थानिय दिपक पराजुुलिले बताए । कारागारबाट निस्केका फोहोर पानीले पाँच बिगाहा खेतीयोग्य जमिन उपयोगहिन हुदा किसानहरु चिन्तित बनेका छन् । फोहोर पानी खेतमा जादा उबजनी कम भएको भन्दै कृषिमा भएको क्षति कारगारले ब्योहोर्नु पर्ने त्यही खेत भएका किसान तिर्थलाल चौधरीले बताए ।


वडा नं. ५ का वडा अध्यक्ष डेगराज फुयालको नेतृत्वमा गएको स्थानीय बासिन्दाको टोलीले कारागार आसपासको बस्तीमा कैदी बन्दीहरुबाट उत्पन्न फोहोर, ट्वाइलेटको ढललागायत फोहोर पानीले खेत डुब्न लागेकोले अविलम्ब रोक्न माग गरेको छ । कारागार प्रमुख गणेश अधिकारीले कारागारको फोहोर व्यवस्थापन गर्न गृह मन्त्रालयमा र कारागार ब्यवस्थापन बिभागमा जानकारी गराई सकेको भन्दै त्याहाबाट कुनै योजना नआएको हुदा ब्यवस्थापनकालागी काम गर्न नसकेको बताए । स्थानियहरु,नगरपालिका र संचार कर्मिको टोलि समेत कारागार प्रमुख संग कुराकानी गर्दा कुनै ठोस योजना नरहेको जानकारीमा आएको छ । यता बस्ति र खेतमा फोहोर निकास भइरहेकाले उचित ब्यवस्थापन नगरेमा समुदाय आफनो मानव अधिकार तथा स्वस्थ्य सुरक्षाकालागी शसक्त संघर्षमा उत्रिन बाध्यहुने स्थानियहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen