सुनिल चौधरी
झुम्का । “ब्यवसायीक आधुनीक कृषि उधममा आधारीत हरीत शहर”,“स्वस्थय आर्थिक समृद्ध पर्यटकीय रामधुनी नगर”को दिर्घकालिन सोच लिएर अगाडी बढिरहेका रामधुनी नगरका जनप्रतिनिधिहरुले आवधिक नगर बिकास योजना बनाउनेमा जुटेका छन् । रामधुनी नगरलाई भौतिक,आर्थिक,सामाजिक,संस्थागत,बित्तिय बिकास,बन तथा वातावरण बिकासमा जोड दिदै नगरलाई समृृदि बनाउन जनप्रनिधिहरु ४ दिने गोष्ठिमा सहभागी छन् ।
धनकुटाको भेडेटारमा कार्तिक ११ गते सनिवारबाट सुरु भएको गोष्ठिमा योजना बिकासकालागी वडा स्तरीय,नगर स्तरीय योजना,प्रदेश स्तरीय योजना र संघ स्तरीय योजना छनौट गर्ने बताएका छन् । गोष्ठिको पहिलो दिनमा सहजकर्ता तारानाथ निरौलाले प्रस्तुत गरेका बस्तुगत स्थितीमा रामधुनी निकै कमजोर देखिएकोहुदा नव निर्वाचित जनप्रतिनिधिलाई नगर बिकासमा चुनौति रहेको देखिएको छ । रामधुनी भासि न.पा.,बक्लौरी र डुम्राहा गाबिस समायोजन भएर नगरपालिका बन्दा गाउँ तथा कृषि क्षेत्र बढि र सहरी क्षेत्र कम देखिएकोहुदा अवसर र चुनौति दुवै रहेकाले आवधिक योजनाले लक्ष्यमा पुग्न सहयोग पुग्ने नगरका प्रमुख जय प्रकाश चौधरीले बताउनु भयो ।
गोष्ठिमा नगर प्रमुख चौधरी, उप प्रमुख सबिना चौधरी, वडा नं १ देखि ९ सम्मकै वडा अध्यक्ष महेश चौधरी,रामनारायण चौधरी,राजकुमार चौधरी,मनिष चौधरी,डेगराज फुयाल,हेमनारायण राजधामि,केशव गौतम, रुद्र बहादुर बस्नेत,घनश्याम चौधरी लगायत वडा सदस्यहरुको सहभागीता रहेको छ । त्यसैगरी बिषयगत कार्यालय प्रमुख,नगरकार्यपालिकाका कार्य समिति सदसय,वडा सचिव, राजनितिकदलका राम कोईराला, स्थानिय सञ्चारकर्मि,कर्मचारीहरुको सहभातामा भईरहेको गोष्ठि कार्तिक १४ गते मंगलवार सम्मापन हुने छ । गोष्ठिमा जनप्रतिनिधि,कर्मचारी,कार्यकारी अधिकृत चार दिन सहभागीता हुने भएकाले नगर ,वडामा आएका सेवाग्राहिहरुलाई सेवाकालागी असहप्रति मनन गर्दै क्षमायाचना गरेका छन् । बुधवारबाट सबै कार्यलय प्रमुखहरुको उपस्थिती रहने नगरका कार्यकारी गौतमले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen