झुम्काको कृषि तालिम केन्द्रभवनमा मंगलबार थारु पत्रकार संघ सुनसरी कार्य समिति र मोरगं कार्यसमितिको एकै साथ साधारण सभा कार्यक्रम सम्पन्न भएको छ । सुनसरी अध्यक्ष कुलदिप चौधरीको सभापतित्वमा सम्पन्न सो सभामा थारु पत्रकार केन्द्रिय सदस्य किशोर चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सुनसरीको तर्फबाट अध्यक्ष कुलदिप चौधरीले आर्थिक कारोबारको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने मोरगंको तर्फबाट लिलानाथ गच्छदारले प्रस्तुत गर्नुभएको थियो । उहाँहरुले विगतमा थारु पत्रकारको अवस्था र तिनले भोगेका दुःखद क्षणहरुको स्मरण गर्दै हाल १ वर्ष अगाडि गठन गरिएको थारुपत्रकार संघको स्थापनाले आफुहरुको वास्तविक परिचय खुलेको र आफ्नो हक अधिकार र पहिचानको मुद्धा सहज ढगंबाट उठान गर्न सकेको बताउदै यस संघले थोरै संख्याबाट धेरै संख्याका थारु पत्रकारलाई उत्पादन गर्न सफल भएको प्रतिफल पनि सेयर गर्नुभएको थियो ।
२०७३ कात्र्तिक ६ गते थाकस भवनमा थाकस जिल्ला सचिव मनोज चौधरीको र प्रदिप लेखिको रोहवरमा स्थापित उक्त संगठनले निकै कम समयमा थारु समुदायका विभिन्न पक्षमा कलम चलाएको, विविध कार्यक्रम संचालन गरेको, सम्मान तथा उद्धघोषण तालिमहरु संचालन गरेको प्रतिवेदन प्रस्तुत गर्दा अतिथिहरुले थारु पत्रकार संघको सर्हना लिदै सघंको जिम्मेबारी अझ बढेको अवगत गराउदै अबका दिनमा पत्रकार जन्माएर मात्र नभई तिनको संरक्षण सम्बद्र्धन र विकास गर्नु पर्ने चुनौति अझ थपिएको बताउनु भयो ।
अतिथिहरुमा थाकस केन्द्रिय सल्लाहकार एवं कानुन व्यवसायी रामराज चौधरी, थारु चलचित्र संघका केन्द्रिय अध्यक्ष पर्शुराम चौधरी, आदिवासी जनजाति पुर्व उपाध्यक्ष तेजनारायण चौधरी, त्यसतै फोनिज अध्यक्ष धिरेन्द्र चौधरी, समाजसेवी केशिलाल चौधरी, थारु महिला सभा अध्यक्ष सिता चौधरी तथा थरुमहिला उत्थानकी अध्यक्ष सिता चौधरी, जिल्ला थारु महिला सभा अध्यक्ष सुशिला चौधरी, अग्रज पत्रकार गवन सिंह चौधरी, मोरगंका मिडियाकार्मि थारु पत्रकारहरु, लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen