सुनिल चौधरी
झुम्का, कार्तिक ६ । थारु पत्रकार संघ सुनसरी जिल्ला कार्यसमिति गठन भएको एक बर्ष पुरा भएको छ । एक बर्ष अगाडी कार्तिक ६ गतेकै दिन थारु कल्याणकारीणी सभा जिल्ला सचिव मनोज चौधरीको सभापतित्व र संघका केन्द्रिय उपाध्यक्ष प्रदिप लेखिको उपस्थितीमा रामधुनीको झुम्कामा गठन भएको थियो ।
पुर्वाञ्चलमै पहिलो पटक गठन भएको जिल्ला कार्यसमितिले धेरै काम गर्न सफल भएको छ । समिति गठन संगै सुनसरीका सम्पुर्ण थारु पत्रकारहरुलाई एक गोलबन्ध बनाउन सफल भएको छ । यसको प्रत्यक्ष प्रंभावले नेपाल पत्रकार महा संघ सुनसरीमा ईतिहासमै थारु पत्रकारहरुको उपस्थिती देखियो । नेपाल पत्रकार महा संघ सुनसरीको १० औ महाधिवेसनबाट कार्यसमितिमा १ जना र ५ जना प्रदेश सभामा निर्वाचित हुन सफल भयो । कार्यसमितिमा सुनिल चौधरी, प्रदेश सभामा कुलदिप चौधरी,गवन चौधरी,सुक्देव चौधरी,ममता चौधरी,निशान चौधरी निर्वाचितहुदा थारु पत्रकारहरु सख्यात्मक रुपमा बढि निर्वाचित भए । यस भन्दा पहिले थारु पत्रकार कार्यसमितिमा जान सकेको थिएन । थारु पत्रकार गठन पश्चात संघका केन्द्रिय सल्लाहकार लक्की चौधरीको प्रमुख आतिथ्यतामा २०७४ सालको नया बर्ष संगै आएको सिरुवा पर्वको महत्वको बारेमा रामधुनीको झुम्का स्थित रहेको थारु कल्याणकारीणी जिल्ला सभाको हलमा बिभिन्न थारु संगठनहरुको पदाधिकारीहरुको उपस्थितीमा बैशाख १३ गते अन्तरकृया गरेको थियो । सिरुवापर्वको महत्व गैर थारु लगायतका समुदायलाई समेत जानकारीकालागी सो उधेश्यले संघले आयोजना गरेको थियो । त्यसैगरी रेडियोमा आबद्ध थारु पत्रकारहरुको ईतिहास,अवस्था र समस्याको बारेमा केन्द्रिय समितिले काठमाण्डौमा गरेको कार्यक्रममा उपस्थित भएर पुर्वका पत्रकारहरुको समस्याका बारेमा बताएका थिए । उनीहरुलाई सञ्चार माध्यममा टिकाई राख्न समेत छलफल गरेका थिए । थारु पत्रकार उतपादनकालागी झुम्कामा ३ दिने रेडियो उद्धघोषण तालिम सञ्चालन गरेको थियो । २०७४ सालको असार २,३ र ४ गते आयोजना गरेको उद्धघोषण तालिमबाट सहभागीहरुले उद्धघोषण कला,बोल्ने तौरतरीका, ब्यक्तित्व बिकास तथा नेतृत्व बिकास भएको सहभागीहरुले बताएका थिए । तालिममा ३० जना भन्दा बढिको उपस्थिती रहेको थियो । समिति गठन पछि सुनसरीमा थारु पत्रकार क्रियासिल रहेको हुदा केन्द्रियले समेत महाँधिवेसनकालागी सुनसरीमै गर्ने निर्णय समेत गरेको छ ।
थारु पत्रकारहरुलाई मिडिया हाँउसमा टिक्न गाह्रो भई रहेकोहुदा पुर्वका थारु पत्रकारहरुका समस्या बढदै गईरहेको अध्यक्ष कुलदिप चौधरीले बताए । पत्रकारीताबाटै जिविको पार्जन गर्न नसक्ने अवस्था रहेकाले थारु पत्रकारहरुलाई उत्पादन गर्नकालागीपनि चुनौती रहेको बताए ।
थारु पत्रकारहरुको छाता संगठन संघको अध्यक्षमा कुलदिप चौधरी,उपाध्यक्षमा निशान चौधरी,सचिवमा सुनिल चौधरी,सह सचिवमा लिलानाथ गच्छदार,कोषाध्यक्षमा आरती चौधरी सर्व सहमतीले चयन भएका थिए । त्यसैगरी सदस्यमा दिब्या चौधरी,श्रवण चौधरी,गिता बिश्वास,सुरेन्द्र चौधरी,कमला चौधरी,ललिता चौधरी चयन भएको थियो भने सल्लाहकारमा धिरेन्द्र चौधरी,तेजनारायण चौधरी,केसिलाल चौधरी,मनोज चौधरी रहनु भएको छ ।

No automatic alt text available.

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen