सुनिल चौधरी
झुम्का,असोज ३१ । रामधुनीलाई ईज्जत र प्रतिष्ठा बढाएको भन्दै रामधुनी नगरपालीकाले मंगलवार फुटवल खेलाडीहरुलाई सम्मान गरेको छ । भोजपुरमा भएको तेस्रो घोडेटार फुटबल प्रतियोगीतामा फाईनल खेलमा प्रथम भएर आउदा रामधुनी क्लवका खेलाडीहरुलाई प्रोत्साहनकालागी नगरपालीकाले सम्मान गरेको हो । फाईनल खेल सोमवार हतुवा गढि १ मा भएको थियो ।
नगर प्रमुख जयप्रकास चौधरीले टिम संयोजक हरी रायमाझि सहित प्रतियोगीतामा सहभागी खेलाडीहरुलाई प्रगतीको कामना गर्दै खादा तथा फुलमालाले सम्मान गर्दै बधाई दिनु भयो । अझै खेलकुद बिकासकालागी रामधुनीमा खेल मैदानहरुलाई स्तर उन्नती गर्ने नगर प्रमुख चौधरीले प्रतिबद्धता जनाउनु भयो । टिम संयोजक हरी रायमाझिले कार्यक्रमको अवसरमा बोल्दै रामधुनीका खेलमैदानहरुलाई ब्यवस्थितकालागी अनुरोध गर्नु भएको थियो । सो सम्मान कार्यक्रममा वडा अध्यक्ष महेश चौधरी,सामाजिक बिकास शाखा प्रमुख हर्षलाल चौधरी,खेल प्रेमी ताथा कोचर मिठु अधिकारी लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।



