श्री जनचेतना युवा क्लव को आयोजनामा रामधुनी २ मा अवस्थित कुम्याही खेल मैदानमा संचालित खुल्ला नकआउट फुटबल प्रतियोगितामा असोज ३१ गते सेभेनस्टार क्लव र श्री जनचेतना युवा क्लव बीच फाईनल खेल सम्पन्न भएको छ । सेभेनस्टार क्लवले असोज २८ गते सुक्चर युवा क्लव सुक्चर मोरगं लाई सेमिफाईनल खेलमा पराजित गरेको थियो, भने आयोजक टिमले रामधुनी युवा क्लव झुम्का सुनसरीलाई असोज २९ गतेको सेमिफाईनल खेलमा पराजित गरेको थियो । असोज २० गतेबाट दशै तिहारको अवसरपारी संचालित फुटवल प्रतियोगितामा सुनसरीका १० र मोरगंका २ वटा गरी जम्मा १२ वटा टिमको सहभागिता रहेको थियो । मंगलबार भएको फाईनल खेलमा प्रथम हुने टिम सेभेन स्टार युवा लाई नगद रु २५०००, सिल्ड तथा प्रमाणपत्र तथा दोश्रो हुने टिम श्री जनचेतना युवा क्लवलाई नगद रु १५००० सहित सल्ड तथा प्रमाणपत्र प्रदान गरिएकोछ । खेलको पहिलोहाफमा ०÷० मा रहको खेल दोश्रो हाफमा १÷१ को बराबरीमा ट्राईब ब्रेकरमा गएको थियो । ट्राईब ब्रकरमा सेभेन स्टार युवा क्लवले ४ गोल गरेको थियो भने श्री जनचेतना युवा क्लवले २ गोल गरेको थियो । फाईनल खेलको समापन कार्यक्रम नगर प्रमुख जयप्रकास चौधरीको प्रमुख आतिथ्यतामा तथा आयोजक कमिटिका अधयक्ष राजकुमार चौधरी को सभापतित्वमा सम्पन्न भएको थियो । यस नकआउट फुटबल प्रतियोगिताका लागि सहयोग गर्ने विभिन्न संघ संस्था, विद्यालय तथा व्यक्तित्वहरुलाई समेत कदर पत्रप्रदान गरि सम्मान गरिएको थियो । सम्पन्न खेलको खेल अवधीभर रेडियो रामधुनीले प्रत्यक्ष प्रसारण गरेको थियो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen