सुनिल चौधरी
झुम्का, असोज ३० । रामधुनी वडा नं. २ सिवनगरका आगलागी पिडीतलाई सोमवार राहत बितरण गरेको छ । रामधुनीनगरपालीका,लायन्स क्लव अफ रामधुनी र वडा समितिले नगद तथा जिन्सि सामान राहत स्वरुप पिडीत शिवनारायण चौधरीलाई उपलब्ध गराएको हो ।
रामधुनी नगरपालीकाबाट नगद रु ५ हजार,वडा कार्य समिति बाट नगद रु ५ हजार र लायन्स क्लवबाट सिरक, डस्ना,ओछ्याउने सामान लगायत लताकपडा उपलब्ध गराईएको लायन्सका अध्यक्ष हर्षलाल चौधरीले बताए । आगलागी आईतवार बिहान बिधुत सर्ट भई काठको दुईतल्ले घरमा आगलागीहुदा घर सहित घरमा रहेका सबै सामान पुर्ण रुपमा जलेर नष्ट भएको थियो ।

