स्वर्णिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामधुनी १ झुम्का सुनसरीको आईतवार आठौं वर्षिक साधारण सभा सम्पन्न भएको छ । स्वर्णिम बचत तथा ऋण सहकारीको भर्खरै लिएको आपःनै स्वर्णिम भवनमा आज आठौं वार्षिक साधारण सभा तथा नयाँ संचालक समिति गठन गरिएको छ । कार्यक्रममा आर्थिक वर्ष २०७३÷२०७४ को आय व्यय, प्रगति विवरण तथा आ व २०७४÷२०७५ को बजेट तथा कार्य योजना प्रस्तुत गरिएको थियो । त्यसैगरि उत्कृष्ट बचतकर्ता, असल ऋीणीलाई सम्मान तथा कदरपत्रद्धारा सम्मान गरिएको थियो । उत्कृष्ट बचतकर्ता तर्फ सुनिल शाह, नविन राय र पुष्प दाहाल त्यसैगरि उत्कृष्ट ऋीणी तर्फ हेमनी चौधरी, संजिव शाह र रिता चौहानलाई अध्यक्ष सुजित कुमार रायद्धारा सम्मान गरिएको थियो । त्यसैगरी बन्द सत्रको कार्यक्रममा लेखापरिक्षक नियुक्ति तथा पारिश्रमिक नियुक्ति, समिति पुनर्गठन एवं विविध विषयमा छलफल गरि सम्पुर्ण शेयर सदस्यहरुबाट पारित तथा अनुमोदन गरिएको थियो । नव निर्मित संचालक समितिको पदाधिकारीहरुमा अध्यक्षमा पुनः सुजित कुमार राय उपात्तयक्षमा कपिल खडका, सदस्यहरु राजकुमार खत्री, बुधनी चौधरी, जितेन्द्र चौधरी, यादव रिजाल, हरिवंश चौधरी, सरस्वति चौधरी र शारदा अधिकारीचयन हुनुभएको छ । त्यसैगरि ऋण संयोजक संदिप गौतम तथा लेखा संयोजक दुर्गा प्रसाद फुयाल चयन हुनुभएको छ । कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरुले आठौं वार्षिक साधारण सभा तथा नयाँ कार्य समितिको सफल कार्यकाल तथा नेपालीहरुको चाँडवाँडको शुभकामना प्रदान गर्दै सहकारीको महत्व तथा राष्ट्रिय विकासमा यसको महत्वको बारेमा प्रस्ट पार्नु भएको थियो ।
कार्यक्रम यसै संस्थाका अध्यक्ष सुजितकुमार रायको सभापतित्वमा सम्पन्न भएको थियो भने प्रमुख अतिथि रामधुनी नगर प्रमुख जयप्रकास चौधरी, अतिथिहरुमा विभिन्न सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, संबोधन बचत तथा ऋण सहकारीका पुर्ण बहादुर श्रेष्ठ, उज्वल उपभोक्ता समुहका पारस निरौला, मैत्री बचत तथा ऋण सहकारीका अध्यक्ष रामकुमार चौधरी,लगायत स्थानिय मिडियाकार्मी,तथा सोहि संस्थाका शेयर सदस्यहरुको वृहत उपस्थितिमा कार्यक्रम भव्य र सभ्य तवरले सम्पन्न भएको छ । कार्यक्रममा आर्थिक प्रगतिको विवरण तथा प्रतिवेदन यसै संस्थाका कर्मचारी विरेन्द्र कुमार चौधरीले प्रस्तुत गर्नुभएको थियो, जस अनुुसार आ व २०७३÷७४ को शेयर पुँजी ७ लाख २८ हजार, निक्षेप २ क. ४९ लाख, सदस्यहरुलाई दिएको ऋण २ करोड, ९३ लाख रहेको छ ।  कार्यक्रम संचालन संस्थाका ऋण संयोजक दुर्गा प्रसाद फुयालले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen