झुम्का
साना किसान कृषि सहकारी संस्था लि. इटहरी १७ ,पकली सुनसरीको २२ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशन शनिवार सम्पन्न भएको छ । पकली मा वि को प्रङगनमा सम्पन्न साधारण सभा कार्यक्रममा आर्थिक वर्ष २०७३÷२०७४ को आय व्यय एवं वार्षिक प्रगति प्रतिवेदन तथा आ. व. २०७४÷२०७५ को अनुमानित आय व्यय विवरण प्रस्तुत गरिएको थियो । सो प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७३÷२०७४मा कुल समुह संख्या १९९ , जम्मा शेयर सदस्य संख्या १००८, शेयर रकम रु १ करोड, ६६ लाख, ४० हजार, जम्मा निक्षेप रकम रु ९ करोड १३ लख, लगानी रु १३ करोड, ९४ लाख , साँवा असुली रु १२ क ७९ लाख, व्याज असुली २ क २ लाख ८२ हजार, लगानीमा रहिरहेको १४ क. ३४ लाख रहेको छ भने असुली दर सतप्रतिसत बनाउने लक्ष्य लिएकोमा हाल ९७ प्रतिशत असुली दर रहेको छ । यसवर्ष संस्थाले ३२ लाख ८ हजार मुनाफा कमाई क वर्गको सहकारीमा पर्न सफल भएको छ ।
कार्यक्रममा सन्चालक समितिको तर्फबाट अबध नारायण चौधरी दारा वार्षिक प्रतिवेदन प्रस्तुत गरीएको थियो ।भने लेखा समितीको तर्फबाट संयोजक श्याम कुमारी चौधरी द्धारा प्रस्तुत गरीएको थियो । त्यसैगरि कर्मचारीको तर्फ बाट सोही संस्थाका प्रमुख व्यवस्थापक दिलिप कुमार चौधरीले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष अवधनारायण चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो भने, इटहरी उपमहानगरपालिका प्रमुख द्वारीकलाल चौधरी को प्रमुख आतिथ्यता रहेको थियो । विषेश अतिथि, सोही साना किसान सहकारीका संस्थापक अध्यक्ष , इलाका प्रहरी कार्यालय पकली ईन्चार्ज, साना किसान वैंक ईलाका कार्यालय प्रमुख, अतिथिहरुमा स्थानिय जन प्रतिनिधिहरु, बुद्धिजिवि समाजसेवी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, मिडिया कर्मी तथा पत्रकारहरु लगायत वृहतमासमा सेयर सदस्यहरुको उपस्थितिमा वर्षिक प्रतिवेदन, भावि कार्ययोजना, अनुमोदन गरिएको थियो । साथै यसै अवसरमा आठौ अधिवेसन पनि सम्पन्न भएको छ, जस अन्तर्गत पुनः नयाँकार्यसमितिमा पुराना समितिका पदाधिकारीनै सर्व सहमतले परित तथा अनुमोदन गरिएको छ । अध्यक्षमा अवधनारायण चौधरी, उपाध्यक्षमा गुणराज खत्रि, लेखा संयोजकमा श्यामकुमारी चौधरी, सदस्यहरु हरिलाल चौधरी, धन कुमारी मगर, गोपाल शाह, महेन्द्र प्रसाद चौ, पनालाल चौ, असिया चौ, टंक बहादुर वस्नेट, ललिता चौ, भरतलाल विक छानिनुभएको छ । कार्यक्रममा प्रमुख अतिथि विशेष अतिथि तथा अतिथिहरुले २२औं साधारण सभा सम्पन्नता तथा नयाँ कार्य समितिको कार्य सफलताको शुभकामना प्रदान गर्दै यस साना किसान सहकारी सुनसरी तथा मोरगं ईलाकामै उत्कृष्ट सावित भई क वर्गको स्थान हासिल गरेकोमा सम्पुर्ण संचालक समितिका पदाधिकारीहरु, शेयर सदस्य तथा कर्मचारीको संयुक्त पहललाई सर्हाना लिनुभएको थियो । कार्यक्रममा जेष्ठ नागरिक सेयर सदस्य, शेयर सदस्यका एस इइ प्लस टु तथा व्यचललरका उत्कृष्ट छात्र छात्रालाई सम्मान तथा पुरस्कार, उत्कृष्ट बचतकर्ता ऋणी तथा अधिक शेयर खरिद कर्ता लाई सम्मान, भाका न नघाई असुली गरेको अन्तर समुह लगायत प्रत्येक समुहलाई प्रोत्साहन भत्ता समेत प्रदान गरिएको छ ।