jhumka,
रामधुनी ९ मर्चैयामा अवस्थीत श्री सन्दासी बाबा कृषक समुहको शनिवार प्रथम वाषर््िाक साधारण सभा तथा समिति पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ । २०७२ भाद्र ५ गते जिल्ला कृषि कार्यालय ईनरुवामा दर्ता भएको कृषक समुहमा सिमित व्यक्तिहरुको सहभागितामा न्युन पूँजीमा संचालित संस्था मासिक १००का दरले बचत गरि हाल २९ हजार शेयर रकम तथा ७६ हजार बचत पु¥याएको छ भने न्युन पुँजीलाई सही ढंगबाट परिचालन गरि साह्रे तिन लाखसम्मको ऋण लगाणी तथा सत प्रतिशत असुली रहेको छ । साधारण सभाको सभापतित्व ग्रहण गर्नुभएको यसै संस्थाका अध्यक्ष भुवनेश्वर चौधरीले संस्थाको आर्थिक उन्नति प्रगतिको अवस्था अवगत गराउदै यस समुह लाई आउदादिनमा व्यवस्थित तुल्याई सहकारीमा परिणत गर्ने योजना प्रस्तुत गर्नुभएको थियो ।आर्थिक वर्ष २०७२,७३ र २०७३, ७४को लेखा परिक्षणको रिपोर्ट प्रस्तुत यसै संस्थाको कोषाध्यक्ष चन्द्रकान्त चौधरीले प्रस्तुत गर्नुभएको थियो । साधारण सभा कार्यक्रममा नयाँ समितिको गठन गरिएको थियो । नव गठित समितिमा अध्यक्षमा राजेश चौधरी, उपाध्यक्षमा उमादेवी चौधरी, सचिवमा रामकुमारी चौधरी, उप सचिवमा नगेन्द्र चौधरी र कोषाध्यक्षमा कारी चौधरी रहनुभएको छ । कार्यक्रममा प्रमुख अतिथि रामधुनी नगर प्रमुख जयप्रकास चौधरी, ििवशेष अतिथि जिल्ला पशु कार्यालयका अधिकृत केशव बहादुर श्रेष्ठ, रामधुनी नगर सहकारी संयोजक अभिनारायण भटराई, अतिथिमा नै नं. वडाध्यक्ष घनश्याम चौधरी, नवजागरण महिला कृषि सहकारीका अध्यक्ष मिना कार्की लगायत शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्मुख अतिथि विशेष अतिथिज्यूहरुले साधारण सभा सम्पन्न तथा नव गठित समितिको सफल कार्यकालको शुभकामना दिदैं कृषि र कृषक लाई डोर्याउन यस्ता समुहले महत्वपुर्ण भुमिका खेलने तथा हामिबाट चाहिने सहयोग गर्ने आस्वासन दिनुभएको थियो । अतिथि तथा शेयर सदस्यहरुको स्वागत तथा उदेश्य यसै संस्थाका उपाध्यक्ष ढोरण चौधरीले गर्नुभएको थियो । कार्यक्रम संचालन संस्थाका सचिव ध्रुव कुमार चौधरीले गर्नुभएको थियो । कार्यक्रम श्री चन्द्र कमल मा वि को कोठामा सम्पन्न भएको थियो ।