सुनिल चौधरी
झुम्का, असोज २९ । युवा नेतृत्व बिकासगरी सभ्य समाज निर्माणकालागी युथक्रिएशन सुनसरीले युवा बिकास परियोजना अन्तर्गत नैतिक शिक्षा सम्बन्धि जनचेतना मुलक कार्यक्रम थालेको छ । ईनरुवा,रामधुनी र ईटहरीका ग्रामिण वडाहरुमा स्काई क्लव गठनगरी उनीहरुलाई ज्ञान,सिप र मुल्यहरुको बिषयमा योग्यताको बिकास अभिबृद्धिकालागी कार्यक्रम अगाडी बढाएको हो ।
समुदायको बिशिष्ट आवश्यक्ता पहिचानकालागी क्लवले सहभागी सबै सदस्यहरुमा सो तिन बिषयमा छलफलगरी मुल्याङ्कन गरिएको छ । सनिवार एकम्बाका शम्भु नाथ माबिमा सो बिषयको ज्ञान अन्तर्गत नौ वटा बुद्धा आदर,ईमान्दारी,बिश्वास, सहभागीता,एकता, जिम्मेवारी,साहस,लगनशिल्ता र दयालुको सेवात्मक कुराहरुमा २५ जना सदस्यहरुलाई प्रशिक्षण गराइएको हो । यस भन्दा पहिले एक हप्ता अगाडी वातावरण सरसफाई,समाजमा रहेका बिकृति जुवा तास,जाड रक्सि बिरुद्ध तथा सबैको आवश्यक्ता शिक्षा सम्बन्धि नाटकद्धारा जनचेतना गराएको युथ क्रिएशनका परियोजना हेर्ने स्काई कोच जगत कामतले बताए ।
कार्यक्रम प्रभावकारीताकालागी ईनरुवा वडा नं. ४ चाँदवेलामा अन्मोल र रोयल स्काई क्लव गठन गरेको छ । त्यसैगरी ईटहरी वडा नं. १५ र १६ को एकम्बामा सनराईज र क्रिएटिभ स्काई क्लव त्यसतै रामधुनी वडा नं. १ र २ मा रामधुनी र द राईजिङ्ग स्काई क्लव गठनगरी १६ बर्ष देखि २५ बर्षका युवाहरुलाई सहभागी गराईएको कामतले जानकारी दिएको छ ।



