सुनिल चौधरी
सुनसरी,झुम्का असोज २९ । थारु समुदायको हरेक क्षेत्रमा कल्याणकालागी गठन गरीएको थारु कल्याणकारी सभा केन्द्रियका संस्थापक अध्यक्ष,सदस्यहरु बाहेकका पछिल्लो केन्द्रिय देखि जिल्ला सम्मका गलत नेतृत्वकर्ताको कारणले गर्दा थारु पत्रकार र कलाकार ओझेलमा पर्दै गएको अरोप लगाएको छ । थारु चलचित्र तथा सास्कृतिक संघले झुम्कामा सनिवार दिपावलीको अवसरमा अयोजना गरेको सुभकामना आदान प्रदान कार्यक्रममा आदिवासि जनजाती महाँ संघ पुर्व सुनसरी जिल्ला उपाध्यक्ष तेजनारायण चौधरीले बोल्दै राजनितिक गुटबन्दि,नातावाद जस्ता नेतृत्व कर्ताको चरित्रले गर्दा कलाकार र पत्रकारलाई यस्तो अवस्था भोग्नु परेको आरोप लगाउनु भएको हो । थारु कल्याणकारीनि स्थापना थारुहरुकै हक अधिकारकालागी स्थापन भएपनि काम गर्न नसकेको बताए । काम गर्न सकेको भए अहिले राज्यमा थारु कलाकार र पत्रकारको बलियो उपस्तिी देखिन्थ्यो उहाँले भन्नु भयो ।
थारुहरु आफनो कलाकारीताबाट बिस्थापित हुदै जानु ,पत्रकारहरुको बिकास नहुनु तर भएको पत्रकारलाई पनि संरक्षण गर्न नसक्नु थारु कल्याण कारीणी सभाका अगुवाहरुको सहि नेतृत्व लिन नसक्दा कलाकारीता र पत्रकारीतामा उनीहरुलाई चुनौति थपिदै गएको बताए । लोप भईरहेको कला संस्कृति र हराएका थारु कलाकारहरुलाई जागृतकालागी हालै केहिदन अगाडी चलचित्र तथा सास्कृतिक संघ गठन भएको हो भने थारु पत्रकार बिकासकालागी थारु पत्रकार संघ एक बर्ष अगाडी गठन भएको हो । कार्यक्रम संस्थाकी अध्यक्ष जानकी चौधरीको सभापतित्वमा सम्पन्न भएको छ ।