रेडियो रामधुनीबाट साप्ताहिक रुपमा प्रत्येक शुक्रबार प्रसारित कार्यक्रममा आजको फाईनलमा महेश दाहाल वीनर घोषित भएको छ । प्रत्येक दुई महिनाको अन्तिम हप्ता हुने फाईनलमा साप्ताहिक विजेता सहभागिहरुलाई प्रत्यक्षरुपमा स्टुडियोमा निम्त्याएर पहिलो चरणमा आफुले रोजेको गित ट्रयाकमा गाउन लगाईन्छ भने दोश्रो चरणमा जजले दिएको गित छानेर गाउनुपर्ने हुन्छ । तेश्रो चरणमा भने श्रोताहरुले भोट दिन पाउने. रहेको छ । जजहरुको निर्णयमा सहभागिले ७५ प्रतिशत अकं प्राप्त गर्ने छ भने श्रोताको भोटमा २५ प्रतिशत अंक प्राप्त गर्ने प्राव्धान रहेको छ । जस अनुरुप हिजोको फाईनल राउण्डमा दृष्टि विहीन रहनुभएको तर साँगितिक धुनमा धुम मचाउनुभएको महेश दाहालले अत्यधिक अकं ७५ अकं प्राप्त गरि विजय हाँसिल गरेको छ । कार्यक्रमको प्रायोजन ईभान फर्निचरले गरेको छ । विजेता महेशलाई कार्तिक १ गते झुम्काको म्याजिक सिनेमा हलमा हुन लागेको लाईभ कन्सर्ट कार्यक्रममा सिल्ड प्रमाणपत्रद्धारा सम्मान गर्ने ईभान फर्निचरका प्रो. सुनिल चौधरीले बताउनुभएको छ । लाईभ कन्सर्ट कार्यक्रम तिहारको अवसरपारेर थारु चलचित्र तथा साँस्कृतिक संघले आयोजना गर्नलागेको हो । कार्यक्रममा स्थानिय तथा राष्ट्रिय स्तरका गायक, डान्सर तथा श्रजकहरुको प्रस्तुती रहने आयोजक कमिटिका अध्यक्ष जानकी चौधरीले जानकारी दिनुभएको छ । उक्त कार्यक्रममा रामधुनी आइडलका विजेता महेश दाहाललाई एउटा गित गाउने अवसर तथा टिकेट फ्रिमा उपलव्ध गराईएको छ । कार्यक्रममा धरानका पुनम वाङतावा खोटाङका विनोद केसी हाल झुम्का, उदयपुरकी कला राई तथा बक्लौरीका महेश दाहाल फाईनलमा सहभागी रहेका थिए ।