JHUMKA,     
रामधुनी नगरपलिका, उद्योग वाणिज्य संघ झुम्का इलाका प्रहरी तथा जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले शुक्रवार झुम्का बजार अनुगमन गरेको छ । दिउसो १२ बजे देखी लगौना चौकबाट शुरुभएको अनुगमन भुम्काको चतरा लाईन बजार सम्मका किराना पसल, डिपार्टमेन्ट स्टोर तथा होटलहरुको अनुगमन गरेको छ । विशेष गरि पसलको दर्ता भए नभएको, बेच्न राखिएको खाद्य बस्तु खान योग्य भए नभएको, म्याद सकिएको बस्तु भए नभएको, बस्तुको मुल्य, उत्पादन मिति तथा अन्तिम उपभोग्य मिति सम्बन्धि १२ वटा पसलमा अनुगमन गरिएको थियो । अनुगमन गरिएका ३ वटा पसलहरुमा बेच्नराखिएको खाद्यय बस्तु व्यवस्थित न भएको, खुल्ला तथा म्याद नाघिएको, सुर्ति जन्य पदार्थमा उपयुक्त लेवलिङ नभएको पाईएको छ भने एउटा पसल दर्ता नखुलाइएको तथा अरु पसलमा सामान्यतया व्यवस्थित रहेको पाईएको छ । अव्यवस्थित पसल अन्तर्गत लगौना चौकको सन्तोष होटल जहा सरसफाईको कमि तथा डयामेज भएका पाउरोटिहरु पाईएको छ , भने लगौना चौककै थापा किराना पसलमा पनि म्याद सकिएका भुटेको चिउरा ३ प्याकेट, लिची जुस १७ वटा मिनि वोटल, अस्पस्ट लेवलिङ भएको सुर्ति भेटिएको छ भने पसल साईकल स्टोरको नामबाट दर्ता भई किराना बस्तु विक्री वितरण भएको अनुगमनमा पाईएको छ । 

 

 

 

 

 

 

 

 

 

 

त्यसैगरि चतरा लाईनमा रहेको शिवा कोल्ड सेन्टरमा पनि म्याद सकिएको ११ वटा फ्रटि को मिनि प्याक भटिएको छ । म्याद सकिएको सम्बन्धमा बिक्रिकर्ताको पतिक्रिया सकारात्मकने देखिएको छ, उनीहरुले सो बस्तु फिर्ता गर्न भनि छुट्याएरै राखेको जानकारी दिएको छ । तथापि म्याद सकिएका सामान निरिक्षण टोलीले तत्काल नष्ट गरेको छ । कानुनी प्रक्रिया नपुगका पसलहरुलाई एक हप्ताको म्याद प्रदानगरि उद्योग वाणिज्य संघ झुम्का तथा नगरपलिकामा आवश्यक दर्ता प्रक्रिया पु¥याई जिल्ला प्रसाशनमा सम्पर्क गर्न सुझाएका छन । अनुगमनका लागि जिल्ला प्रशासनका अरुण कुमार राई, खाद्य निरिक्षक रमेश दाहाल, रामधुनी नगरपालिकाका कर्मचारी मुना पोखरेल, रामधुनी नगर बोर्डका राम करण खडका, उद्योग वाणिज्य संघ झुम्काका सुजित राय, प्रहरी हल्दार टेकबहादुर सहितका टोलि उपस्थित रहनु भएको थियो । अनुगमन का क्रममा होटल किराना पसलका साथसाथै ठेलामा बेच्नेगरेको चाउमिन पसललाई पनि निरिक्षक रमेश दाहालले स्वच्छ राखने तरिका अवलम्बनको लायगि सुझाव दिनुभएको थियो । अनुगमनलाई बजारपक्षका व्यापारी तथा सेवाग्राहिले साकारात्मक रुपले स्वीकार गरि बजार अनुगमन कम्तिमा पनि प्रत्येक महिना अनुगमन गर्नुपर्ने आवश्यकता औलाएका छन ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen