रामधुनी वडा नं. ९ मा स्वस्थ्य शिविर
रामधुनी वडा नं. ९ मर्चैयामा एक दिने स्वस्थ्य शिविर तथा अति बिपन्न परिवार,बालबालिका, दलित,गरीब,अपाङ्ग सहित जेष्ठ नागरीकहरुलाई न्यानो कपडा, स्टेशनरीका सामान बितरण गरेको छ । पुर्वाञ्चल भुपु गोरखा सैनीक संघ सुनसरीको सहयोग, लायन्स क्लव अफ रामधुनी र रामधुनी वडा नं. ९ वडा कार्यसमितिको अयोजनामा दाँत, छाला र स्त्री सम्बन्धि स्वस्थ्य शिविर सञ्चालन भएको हो । प्राबिधिक सहयोग बिपि कोईराला स्वस्थ्य बिज्ञान प्रतिष्ठान धरानबाट २० वटा डाक्टरहरुको समुहमा सेवा प्रदान गरिरहेको थियो । स्थानियहरुलाई दाँत सफागर्ने तरिका र यसको बचावटका उपायहरु ब्ताउदै पिडितहरुको दाँत परिक्षण, उपचार तथा परामर्शकासाथ निशुल्क औषधी वितरण गरिएको थियो ।
शिविरबाट तिन सय पचास जनाले स्वस्थ्य सेवालिए भने एक सय दश जनालाई न्यानो कपडा बितरण गरेको लायन्सका अध्यक्ष हर्षलाल चौधरीले बताए । कार्यक्रममा रामधुनीका नगर उप प्रमुख सबिना चौधरी, वडा अध्यक्ष धनश्याम चौधरी,पुर्वाञ्चल भुत पुर्व सैनिक संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, सदस्य अरुण अग्रवाल, शिला अग्रवाल र सुधा अग्रवालले बितरण गरेका थिए । शिविर चन्द्र कमल माबि मर्चैयामा सम्पन्न भएको हो ।
न्यानो कपडा बितरण