मधैलीबासी ईटाभटाको विरोधमा

मधैली बासीले वातावरणीय प्रदुष
ण रोक्न थालिएको आन्दोलनले वृहतरुप लिएको छ । गढि गाँउपालिका १ स्थित मधैली गाँउ भन्दा पुर्व पटि संचालन हुनलागेको ईटाभट्टाको विरोधमा मधैली बासीहरुले नारा जुलुस तथा आन्दोलन गरी गत असोज २१ ग्ते सिलान्यास रोकेको थियो । विगतमा आनन्द ईटाभट्टाको नामबाट सोनापुर क्षेत्रमा संचालित ईटा उद्योग हाल मधैली क्षेत्रमा सुरु हुन लागेको भट्टाको शनिबार सिलान्यास कार्यक्रम थियो । मधैलीका सम्पुर्ण गाउँबासीहरुले सो उद्योगको विरुद्धमा जनताको एकता जिन्दाबाद, ईटाभट्टा बन्दगर ,वातावरण प्रदुषण बन्द गर जस्ता नारा जुलुसका साथ ईटाभट्टा सिलान्यास स्थलमा पुगी आन्दोलन गरेका थिए । मंगलवार बार्ता गर्ने सहमतिमा शनिवार आन्दोलन साम्यत भयो तर भटा संचालन प्रक्रिया रोकिएन । फलस्वरुप मंगलवार पनि बार्ता निष्कर्ष विहीन भएपछि स्थानीय वासी फेरिपनि ईटा भटा बन्द गर वातावरणीय प्रदुषण गर्न पाईदैन भन्ने नारा घन्काईरहेका थिए । तथापी भटा पक्षले कानुनी प्रक्रिया पुु¥याई सकेको भनी संचालनका प्रयासहरु भईरहेकोले स्थानियबासीहरुको वृहत्त मासमा आज विहीवार जिल्ला प्रशासन कार्यालयमा नारा जुलुसका साथ भेला भएका थिए । उनीहरु १५ वटा ट्रयाक्टरमा प्रशासनमा जुलुस तथा बार्ताका लागि जम्मा भएका थिए । 

ईटाभट्टाको धुवा धुलोले आजित हुनु नपरोस भन्दै ईटाभट्टाको सिलान्यास हुन नसक्दा जिल्ला प्रशासन कार्यलयमा भएको आज बिहिवारको छलफल पनि आपसमा नमिलेको जानकारीमा आएको छ । सुरु गर्न लागेको भट्टाका लगानिकर्ताले सञ्चालन गर्ने निर्णय अडान लिदा वार्ता नमिलेको हो । गढि गाँउपालिका १ स्थित मधैली गाँउ नजिकै ईटाभट्टा कृषि योग्य जमिनमा मापदण्ड बिपरित भईरहेको स्थानियहरुले बताएका छन् । आई एल ओ १६९ अनुसार कुनै पनि कल कारखाना उधोग सञ्चालन पुर्व स्थानियहरुको मन्जुरी लिनु पर्ने प्रवधान रहेको छ । तर उनीहरुले वेवास्ता गरी पहुचको आधारमा सञ्चालन गर्न लागी रहेको स्थानिय हरुको गुनासो रहेको छ ।
ईटाभटा उद्योगी विराटनगरका दिलिप बगडियाले सो भटा संचालन गर्न लागेको हो । भटा संचालन पुर्व आवश्यक कानुनी प्रक्रिया पुर्याएको भनिएता पनि आन्दोलित पक्षले भने उक्त स्वीकृति केहि व्यक्तिलाई मात्र सहभागी गराई मापदन्ड विपरित घुसपैट गरि स्वीकृत गराएको आरोप लगाएका छन । 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen