श्री जनचेतना युवा क्लव को आयोजनामा रामधुनी २ मा अवस्थित कुम्याही खेल मैदानमा संचालित खुल्ला नकआउट फुटबल प्रतियोगितामा विहिवार सेभेनस्टार क्लव र युवा मिलन क्लव तरहरा सुनसरी बीच भएको छ । सो खेलमा सेभेनस्टार क्लवले युवा मिलन क्लव तरहरा सुनसरी लाई ०को विरुद्ध १ गोलले पराजित गरेको छ । खेलको ३ औं मिनेटमै प्यानेलटी पाएको अवसरमा जर्सी नंम्वर ७का जोशी राईले गोल हानी अग्रता लिएको थियो सोही अग्रतानै अन्तिम जित हुन पुग्यो । सोे खेलको म्यान अफ दि म्याच जोशी राई नै भएको थियो । उक्त फुटबल प्रतियोगितामा सुनसरी तथा मोरगं सहितका १२ वटा टिमको सहभागिता रहेको छ । असोज २५ गते देखी दोश्रो राउण्डको खेल भई रहेको छ । विहिवार को म्यान अफ दि म्याच हुने राई लाई आयोजक कमिटिका सदस्य मनोज चौधरीले सिल्ड प्रदान गरेको थियो । असोज २७ गते खेल एकदिन रेष्ट रहनेछ, असोज २८ गते भने सुक्चर युवा क्लव सुक्चर मोरगं र सेभेनस्टार युवा क्लव बीच सेमिफाईनल खेल हुने आयोजकले जनाएको छ ।