रेडियो रामधुनी,
मोरगंको वेलबारी ५ ढेकी टोलमा खवास राजधामी परिवारको शनिवार भव्य कुल पीत्री पुजा सम्पन्न गरेको छ । विहान ८ बजेदेखि कलश यात्रा आरम्भगरी गाँउ परिक्रमा पश्चात धर्मिक एवं साँस्कृतिक परम्परा अनुसार पित्री पुजा गरिएको छ । पहिला पहिला यो पुजा खवास राजधामी परिवारले एक्लै एक्लै आ आफ्नै ढंगबाट गरिने भएतापनि २०७३ चैत्र १९ गते गोष्ठी गरि राजधामी खवास परिवार नामक समिति गठन गरिए पश्चात उक्त पित्री पुजापाठ यसै पालिबाट सम्पुर्ण खवास परिवारलाई एकताको सुत्रमा बाँधी समग्र पित्री पुजा गरिएको छ । पुजा औपचारिक कार्यक्रम गरि थालनी गरिएको थियो । सो कार्यक्रम समितिका अध्यक्ष भोट नारायण राजधामीको सभापतित्व तथा जेष्ठ नागरिक टोका राजधामीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । पित्री पुजामा बोका तथा पाठीको बली समेत दिने गरेको छ । पुजा पश्चात अतिथी सत्कारको कार्यक्रम रहने गर्दछ । अतिथिहरुलाई प्रसादको रुपमा चढाईएका बोका पाठीको मासुको भोजन गराई स्वागत सम्मान गरि विदा गरिने परम्परा रहेको छ ।