सुनिल चौधरी
झुम्का,अशोज ८ । चाड पर्व नजिकिएसंगै बिभिन्न अपराधिक कृयाकलाप हुन सक्ने हुदा सो मध्यनजर गर्दै सबैमा सुरक्षाका उपायहरुमा ध्यानदिन प्रहरीले अनुरोध गरेको छ । चाड पर्बको बखत लुटपाट,चोरी डकैती लगायत अपराधिक घटनाबाट बच्न ईलाका प्रहरी पकली तथा सामुदायीक जनहित सेवा केन्द्र पकलीले सो उपायहरुमा ध्यानदिन सुचना जारी गरेको छ । प्रहरीमा खवर गर्नु परेमा प्रहरी कार्यलयको सम्पर्क नम्बरमा तुरन्त जानकारी गराउन ईलाका प्रहरी पकलीका प्रमुख शान्त राम कार्कीले बताउनु भयो । सम्पर्ककालागी जिल्ला प्रहरी कार्यालय सुनसरी कन्ट्रोल रुमको फोन नं. १०० त्यसैगरी ०२५ ५६०१०० र ईलाका प्रहरी पकलीको मोबालईल नं. ९८५२०९०१२८ र ९८५२०६३०४९ सम्पर्ककालागी अनुरोध गरिएको छ ।
उपायहरु ः–
मदक पदार्थ उत्पादन बिक्री बितरण तथा सेवनलाई न्युनिकरण गरौँ ।
घर छोडेर हिडनुपर्दा रुघालु राख्ने गरौँ ।
न्गरद रुपैया सकेसम्म बैंकमा राख्ने गरौ ।
ट्राफिक नियमको पालना गरौँ ।
ज्ुवा तास खेललने खेलाउने कार्यलाई निरुतसाहित गरौँ ।
आफनो बहुमुल्य सामानहरुको सुरक्षा गरौँ ।
अपरिचीत ब्यक्तिहरुले दिएको खानेकुरा नखाऔँ ।
चाडपर्वमा बालबालिकाहरुको बिशेष निगरानि गरौँ ।
चाड पर्ब प्रतिष्पर्धात्मक रुपमा नभई भाईचाराको रुपमा मनाऔँ ।
कुनै किसिमको पटका,आतिसबाजि लगाएका बिष्फोटक जन्य पदार्थहरु बिक्री बितरण,ओसारपसार तथा प्रयोग नगरौँ र गर्न नदिऔँ । चाड पर्बको बाहानामा चन्दा नउठाऔँ र उठाउन लगाउने कार्य नगरौ गरेमा नजिकको प्रहरीमा खवर गरौँ ।
कुनै बिसिमको अपराध हुनलागेको वा भईरहेको थाहा पाएमा तुरन्त नजिकको प्रहरीलाई खबर गरौँ ।